१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविप्रति रघुवीरको कटाक्ष– बच्नका लागि राति म्याउँम्याउँ गर्दै बालुवाटार गएको होइन ?

१० जेष्ठ २०८०, बुधबार १०:०२

जेठ १०, काठमाडौँ | एमाले सचिव तथा सांसद रघुवीर महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफू जोगिनका लागि रातिराति बालुवाटार धाएको टिप्पणी गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महासेठले नयाँनयाँ साधु सन्तले धेरै खरानी घसेको समेत बताए ।

प्रतिनिधिसभाको बैठक सरू हुनेबित्तिकै विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने तर्क गरे। त्यतिमात्र होइन, उनले तीन दल खुसुरखुसर बसेकोमा रास्वपाले आशंका गर्दै आएको कुरा पनि उठाए। त्यसलाई नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले जवाफ फर्काए। नागरिकतामा कैफियत देखिएपछि सभापति लामिछाने बच्न बालुवाटारमा म्याउँम्याउँ गर्न पुगेको टिप्पणी गरे।

‘आज भर्खरै मात्र पनि मैले सुनें, भुटानी शरणार्थी प्रकरणबारे, जुन अहिले छानबिन भइरहेको छ, तीन पार्टीले बालुवाटारमा बसेर मिलाउनेगरी छलफल गर्दैछ। कुनकुन तीन पार्टी हुन्? उहाँले बोल्नु त भएन। यस्तायस्ता साथीहरू छन्, म भन्न चाहन्छु- तीन पार्टी होइन, रातिको समयमा तपाईंहरू पनि आफू बच्नका लागि कसरी बालुवाटारमा म्याउँम्याउँ गर्नु भएको थियो?,’ उनले भने।

तीन पार्टीलाई दोष देखाएर कोही निर्दोष नहुने महासेठको भनाइ छ । आज अरुको आलोचना गरेर आफू स्थापित हुन्छु भन्ने नसोचे पनि हुन्छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग