जेठ ११, काठमाडौँ | सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले १५७ देशको दु:खी देशहरूको सूचीमा जिम्बाब्वेलाई विश्वको सबैभन्दा दु:खी देशको रुपमा देखाएको छ । मुख्यतया जिम्बाब्वेको आर्थिक अवस्था र उच्च मुद्रास्फीतिका कारण, देश दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा छ। जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको हो ।
विश्वका दुखी देशको सूचीमा जिम्बाब्वे पछि भेनेजुएला, सिरिया, लेबनान, सुडान, अर्जेन्टिना, यमन, युक्रेन, क्युवा, टर्की, श्रीलंका, हाइटी, अंगोला, टोंगा र घाना छन् । यी सबै देशहरू दु:खी देशमा पर्नुको कारण मुद्रास्फिति र उच्च बेरोजगारीदर रहेको छ ।
नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । नेपाल ३७. १८ अंक पाएर दु:खी देशहरुको ६३ औं सूचीमा परेको छ ।
यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ । दु:ख सूचकाङ्कको इन्डेक्स वर्षको अन्त्यको बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक-ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो ।