पढ्न करिब 1 मिनेट लाग्छ

असोज ११, धादिङ । धादिङको लफाङफेदीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १७ जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये ६ जनालाई लिएर लिकोप्टर काठमाडौका लागि उडेको छ । घटनास्थल छेउका प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको बताइएको छ ।

पहिरो पार गर्न लाग्दा बस पल्टिएर खसेको थियो । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।