असोज ११, पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । 

सैँतिसौँ पर्यटन दिवसका अवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । 

सैँतिसौँ पर्यटन दिवसका अवस"/>

2026-09-19 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुककै अग्लो झोलुङ्गे पुलमा ‘ब्रिज पार्क’ निर्माण कार्य सुरु

असोज ११, पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । 

सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्न र पुलसम्बन्धी अवलोकन गर्नुका साथै विभिन्न सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रमसमेत सञ्ंचालन गर्न सहज होस् भन्ने उद्देश्यले बृज पार्कको निर्माण गर्न लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए । 

नेपाल पर्यटन बोर्ड पोखरा, जिविस पर्वत र कुश्मा नगरपालिकाको सहयोग तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा बृज पार्कको निर्माणकार्य अघि बढाइएको हो । उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिने छ । ऊर्जाखोलाका रुपमा परिचित मोदीखोला र पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङसमेत निर्माण गरिने भएको छ । 

उक्त पार्क निर्माणका लागि रु २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । पर्यटन बोर्डले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराएको छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको हो । यस्तै जिल्लाको अर्को अग्लो पुल बडागाउँ–मुडिकुवा पुलको निर्माण कार्य करिब ८० प्रतिशत पूरा भएको छ । 

अग्ला पुलबाहेक निजी क्षेत्रबाट निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल, प्रसिद्ध गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, मोदीवेणी, हम्पाल, पञ्चासे, डहरे, गोर्लाङको लेक, शालिग्राम शिला, कालीगण्डकीमा जलयात्रा जस्ता स्थान जिल्लामा मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो