2026-07-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारत भ्रमणबारे एमालेले प्रधानमन्त्रीलाई दियो पाँच सुझाव

जेठ १४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जेठ १७ गतेबाट हुने भारत भ्रमणका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुख्य पाँच सुझाव दिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा एमालेले मुख्य गरी पाँच सुझाव दिएको एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

ज्ञवालीका अनुसार यस्ता छन् पाँच सुझाव 

१.२०१६ मा प्रधानमन्त्रीले दुई देश बीचको सम्बन्धलाई २१औँ शताब्दी सुहाउँदो बनाउन आवश्यक सुझाव दिन भनेर बनाइएको प्रबुद्ध समूहले रिपोर्ट तयार गरेको ४ वर्ष भइसकेको छ । तर भारतको कारण यो रिपोर्ट अहिलेसम्म बुझ्ने काम पनि भएको छैन । कार्यान्वयन त टाढाको कुरा भयो, त्यसैले प्रधानमन्त्रीले त्यसमा विशेष जोड दिनुपर्छ । यो कार्यान्वयन हुँदा मात्रै दुई देश बीचको सम्बन्धलाई नयाँ आयाम दिन्छ भन्ने कुरा हामीले गरेका छौ ।  

२.ऐतिहासिक तथ्य, प्रमाण सन्धि सबै कुराहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितका भूभाग नेपालका हुन भन्ने प्रस्ट छ । यी भूभागलाई नेपालले प्रयोग गर्न पाउनुपर्ने गरी टुङ्ग्याउनुपर्छ । यसलाई गम्भीरतापूर्वक राख्न भनेका छौँ।

३.नेपाल भारत व्यापारमा असाध्यै ठुलो घाटा छ । वाणिज्य सन्धिको पुनरावलोकन, नेपालका चिया, अलैँची, अदुवा, जुट र तरकारी लगायतका वस्तुको निर्बाध प्रवेशका लागि पुनरावलोकन हुनुपर्छ । नेपालको उत्पादनका लागि भारतको उदार रवैयाका लागि पहल गर्न भनेका छौँ । 

४.पञ्चेश्वर परियोजना लामो समयदेखि अड्किएको छ, २५ वर्षभन्दा बढी भइसक्यो । मुख्यतया पञ्चेश्वरमा पानीको बाँडफाँट अहिलेसम्म नटुङ्गिएको विषय हो । महाकाली सीमा नदी हो र त्यसको आधा पानीमा नेपालको हक लाग्ने कुराको सुनिश्चित गरेर मात्र यो विषय टुङ्ग्याउन भनेका छौँ । 

५.ऊर्जाका हकमा भारतले लामो समयदेखि होल्ड गरेर नेपालका नदीहरू राखेको छ । जस्तो अपर कर्णाली, पश्चिम सेती र एएसआर पनि भारतलाई दिने भनिएको छ । होल्ड मात्र हुने र नेपालले लाभ नहुने स्थिति बन्छ । त्यसैले परियोजना होल्ड मात्र नभएर त्यसको कार्यान्वयनका लागि टाइम बाउन्ड्री बनाएन र अपर कर्णालीको टुङ्गोमा पुगेर मात्र बाँकी सम्झौतामा अघि बढ्ने राम्रो हुन्छ भनेका छौँ । पूर्व समझदारी अनुसार एयर कन्ट्री रुट दिलाउने कुरामा गम्भीरतापूर्वक कुराकानी गर्न भनेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक