2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

जुहीको फिल्मलाई निर्माताले टेलिफिल्म बनाइ दिएपछि…

जेठ १५, काठमाडौँ | बलिउड अभिनेत्री जुही चावलाको अभिनय करियर करिब साढे ३ दशक पुरानो छ । उनले सन् १९८४ मा ‘मिस इण्डिया’ को उपाधि जितेपछि फिल्म करियर सुरु गरेकी थिइन् । उनी गैह« फिल्मी परिवारकी थिइन् । 

करियरको सुरुवातमा उनले निर्माताहरुबाट राम्रै धोका पाइन् । उनले एक फिल्म ‘जन्नत’ मा सम्झौता गरिन् । तर यो फिल्म भने टेलिफिल्मका रुपमा दुरदर्शनमा प्रसारणमा आयो । फिल्ममा अभिनय गरेकी जुही टेलिफिल्मको कलाकारका रुपमा टेलिभिजनमा आउँदा छक्क परिन किनकी उनले टेलिफिल्ममा अभिनय गरेकै थिइनन् ।

सन् १९९५ मा दुरदर्शनको डीडी मेट्रो च्यानलमा ‘महाशक्ति’ नामक टेलिसिरियल प्रसारण भयो । जसमा जुही चावला, आदित्य पञ्चोली, आलोक नाथ, प्रेम चोपडा, गुलशन ग्रोवर र सोनू वालियालगायतको अभिनय थियो । जुहीलाई उनले अभिनय गरेको टेलिसिरियल प्रसारणमा आएको जानकारी आएपछि उनी चकित परिन् ।

पछि मात्र उनले आफूले अभिनय गरेको फिल्म ‘जन्नत’ लाई निर्माताले टेलि सिरियलका रुपमा प्रसारण गरेको थाहा पाइन् । निर्माताले यो फिल्मलाई नाम परिवर्तन गरेर दुरदर्शनलाई टेलिसिरियलका रुपमा बेचिदिएका थिए ।

जुहीले यो फिल्म सन् १९८९ मा सम्झौता गरेकी थिइन् । जब फिल्मको छायाङ्कन सकियो, निर्माताले उनलाई पुरा पारिश्रमिक दिएनन् । निर्माताले फिल्म रिलिज गर्न लागेपछि जुहीले अदालतमा मुद्धा हालेर उनको पक्षमा अन्तरिम आदेश पाइन् । अदालतले जुहीले पुरा पारिश्रमिक नपाउन्जेलसम्म फिल्म रिलिज नगर्न आदेश दियो । त्यसपछि फिल्म रिलिज रोकियो । 

केही वर्षपछि सन् १९९५ मा डीडी मेट्रोमा ‘महाशक्ति’ नामले टेलिसिरियल प्रसारण भयो । जसको निर्देशकको नाम दीपक शर्मा थियो । तर जुही भने चकित परिन् किनकी उनले यो नामको कोही पनि निर्देशनसँग सहकार्य गरेकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो