Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पशुपतिको जलहरी र रेशम रिहाईको बिरोध: एमालेले आफै माथि हानेको बन्चरो

२०८०, १५ जेष्ठ सोमबार ०७:४५

जेठ १५, काठमाडौँ । राजनीतिमा जे पनि जायज मान्न थाल्ने हो भने त्यसले विचारको सिद्दान्तलाई प्रभाव पार्छ । राजनीतिक चेत भएकाहरुले कुनै पनि विषयले भविष्यमा आफूलाई के असर पार्छ भन्ने हेक्का राखेर मात्र आफ्नो अभिव्यक्ति दिन्छन् । पछिल्लो समय नेकपा एमालेलाई पशुपतिको जलहरीको विषयमा सांसदमा उठेको विषयको प्रतिकार गर्दा र रेशम रिहाईको बिरोधको विषयमा समेत आफैलाई अफ्ट्यारो पारेको छ । 


स्थानीय तह निर्वाचनको बेला २०७९ वैशाख २२ गते कैलालीको बौनियामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीको समर्थनमा सम्वोधन दिएका थिए । उनले तात्कालिन समयमा भनेका थिए – ‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन् । अनेकौं हजार मान्छे मरे, जेलमा हुनुपरेन । यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, रेशम चौधरी यहाँ थिएनन्, उनलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन । मैले थारु समुदायका नेताहरुसँग ६ बुँदे सम्झौता गरेर ती समस्याहरुका समस्या समाधान गरौंला भनेर प्रतिबद्धता जनाएको थिएँ । तर सरकार गयो ।’

माथिको अभिव्यक्ति दिएको एक बर्ष नबित्दै एमाले आफैले रेशम चौधरीको रिहाईको बिरोध गरेर दुईखाले चरित्र देखाएको भन्दै आलोचना गरिएको छ । ओली नेतृत्वको सरकारकै पालामा रेशम चौधरीलाई छुटाउने सहितको सहमति भएको थियो । जुन सहमतिको ताका वार्ता टोलीका संयोजकसमेत रहेका कानुनमन्त्री लिलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजक रुकमिणी चौधरीबीच रेशम चौधरीलाई रिहा गर्ने लगायतको सर्त थियो । तर उक्त सम्झौता कार्यान्वयनमा भने आएन ।

आज गणतन्त्र दिवसको मौका पारेर एमालेले समय छुटाउने प्रयास गरिरहेको उनै रेशम चौधरी राष्ट्रपतिको सिफारिसबाट जेलमुक्त भए । सरकारले माफी दिने निर्णय गरे लगत्तै नेकपा एमालेबाटै यस विषयको विरोध भईरहेको छ । एमालेले दोहोरो चरित्र देखाएको विषयमा अहिले सामाजिक संजालमा निकै चर्चा भईरहेका छन् । एउटै कुरा आफूले गर्दा ठिक र अर्कोले गर्दा बेठिक भन्नेजस्तो गरि बिरोध गरेर एमालेले आफ्नै नैतिकतामा बन्चरो हानेको बताइएको छ । 

अर्को विषय: पशुपतिको जलहरी सुनको कि पित्तलको भन्ने विषयमा एक संसदले दिएको अभिव्यक्तिको बिरोधमा शुक्रबार एमालेले संसद बैठकनै चल्न दिएन । तर सामाजिक संजालमा त्यसको प्रत्यक्ष असर एमालेमाथिनै नराम्ररी परेको छ । टिकटकमा एमाले अध्यक्ष केपी ओलीले घाटीभरी सुन लगाएको इफेक्टमै कयौंले भिडियो बनाएका छन् । त्यसो त कयौं प्रतिक्रिया एमाले बिरुद्धनै आएका छन् । सर्वोच्चले रोक्ने डरले हतार-हतारमा सुनको जलहरी राख्ने तात्कालिन प्रधानमन्त्री केपी ओलीले आफूले काम गरेको देखाउनकै लागि होडबाजिमा काम गर्ने गरेकोमा आलोचना भईरहेको छ । यहि प्रसंग सुन्धारा स्थित धरहरामा जोड्ने हो भने पनि ओलीले धरहराको पुरा संरचना बन्दै नबनी आफ्नो नाम धरहरा निर्माण गरेको भनि लेखाएर उद्घाटन गरेका थिए । जुन टावर बाहेक धेरै संरचना अझै निर्माणकै क्रममा छ । 

धरहरा बनाएको जस लिएका एमाले अध्यक्ष ओलीले अहिले बिबाद आएपछि आफूले पशुपतिमा जलहरी राखेको विषयको जिम्मा अर्कैलाई दिएका छन् । भाषण गरेर आफ्नो प्रगति विवरण सुनाउदा मैले पशुपतिमा जलहरी लगाएँ भन्ने ओलीले अहिले प्रश्न उठेपछि उक्त दोष पशुपति बिकास कोषतर्फ थोपरिदिएका छन् । तर उनको दोहोरो चरित्रको बारे पछिल्लो समय आलोचना भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ