2026-10-15 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, १६ जनाको सनाखत

असोज ११, काठमाडौं । उत्तरी धादिङको मार्पाकमा आज भएको यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या १९ पुगेको छ । 

घटनास्थलमा १८ र १ जनाको उपचारको क्रममा राजधानीको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकमध्ये १६ जनाको सनाखत भएको छ ।

घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । 

धादिङबेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस मार्पाक गाविसस्थित लपाङखोला भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनास्थलमा पहिरो गएको र पहिरो हटाएर बस अघि बढाउँदै गर्दा दुर्घटना भएको स्थानीयले बताएका छन् । 

बसभित्र र हुटमा पनि खचाखच यात्रु रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थल सदरमुकाम धादिङबेसीबाट करीब २६ किलोमिटर उत्तरमा पर्छ भने कच्ची बाटो हो ।

मृतकमध्ये १६ जनाको सनाखत 

दुर्घटनामा मृत्यु भएका मध्ये १३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृतकहरुमा बस चालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा, मार्पाक–५ का कमल पौडेल, सत्यदेवी–३ का लिलाबहादुर गुरुङ, मार्पाक–५ का दिलकुमारी अधिकारी, दार्खा–९ रामचन्द्र सापकोटा, मार्पाक–५ का पवनबहादुर स्माइली मगर रहेका छन् । 

यस्तै सत्यदेवी–३ की चिरमाया तामाङ, सत्यदेवी–३ का रावन तामाङ, रि गाउँ–८ कि मुना तामाङ, सत्यदेवि–२ रंगसिंह तामाङ, सत्यदेवि–२ मिदिजंग तामाङ, सत्यदेवि–२ रौता तामाङ, रि गाउँ–२ का चन्द्रमान तामाङ, रि गाउँ–२ का टेकबहादुर तामाङ, गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले, ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने