२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘अखण्ड भारत’ को नयाँ नक्साप्रति एमाले रुपन्देहीको आपत्ति

२०८०, १६ जेष्ठ मंगलवार ०७:५४

जेठ १६, काठमाडौँ | नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सा विवादित देखिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्तिमार्फत उक्त नक्सामा रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुको नाम समावेश गरिएको विषय सार्वजनिक हुनु आपत्तिजनक रहेको बताएका छन् । विज्ञप्तिमा यसबारे नेपाल सरकारको धारणा सार्वजनिक गर्न भनिएको छ ।

विज्ञप्तिमा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेकोमा सो नक्साअनुसार ती भूमि अझै फिर्ता नआइसकेको सन्दर्भमा अर्को विवादित नक्साले छिमेकी मित्रराष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्ति भएको उल्लेख छ ।

‘यसले भारत नेपालको मिचिएको भूभाग फिर्ता गर्ने होइन, थप समस्या सिर्जना गर्न चाहन्छ भन्ने कुरालाई बल पुगेको उल्लेख गर्दै विज्ञप्तिमा भारतको उक्त व्यवहारप्रति सरकार मौन बस्नुले उसको राष्ट्रियताप्रतिको चरित्र समेत उदाङ्गो भएको छ’, एमाले जिल्ला कमिटीले भनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको संघारमा आएका यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन पनि ध्यानाकर्षण गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह