जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण"/>
१५ माघ २०८२, बुधबार
राजनीति

बजेटमा नीतिगत भ्रष्टाचार भएको पुष्टि भए मन्त्री छोड्छु : अर्थमन्त्री महत

१६ जेष्ठ २०८०, मंगलवार १०:४१

जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेटमा कतै भ्रष्टाचार पुष्टि भए आफूले मन्त्री पद नै छाड्ने बताएका छन् ।

आज अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पत्रकारले विद्युतीय साना किलोवाटका गाडीमा कर वृद्धि गरेको प्रश्नमा मन्त्रीले यस्ताे बताए ।

‘बजेट देश विकासका लागि बनेको छ । देशको विकासमा बजेट किन्द्रित छ । मैले बजेट निर्माणमा कुनै नीतिगत भ्रष्टाचार गरेको पुष्टि भए मन्त्री छोड्छु’, मन्त्री महतले भने, ‘राजस्व नीति तर्जुमा गर्दा कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने काम भएको छैन । व्यक्तिगत रुपमा कसैलाई लाभ पुग्ने गरी करका दर हेरफेर पनि भएका छैन ।’

मन्त्रीले विद्युतीय गाडी विक्रेताले धेरै नाफा खाएको समेत बताए । अब विद्युतीय गाडीको बिक्रीको नाफामा पनि हेर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

यो बजेटको मुख्य पक्ष भनेको पूँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी रहेको बताए ।

उनले भने, ‘साधारण खर्चमा पनि पूँजीगत बजेटको निकै ठूलो हिस्सा छ । शीर्षकगत रुपमा पूँजीगत बजेट तीन खर्ब दुई अर्बको भए पनि वास्तविक पूँजीगत खर्च ४ खर्ब ७१ अर्ब बराबर हुन् ।’

विद्युतीय गाडीको कर कति वृद्धि भएको छ ?

५० किलोवाटसम्मको विद्युतीय गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । यसभन्दा पहिले सरकारले १ सय किलोवाटसम्मकै सवारीलाई १० प्रतिशत मात्रै भन्सार महसुल उठाइरहेको थियो ।

त्यस्तै, ५० देखि १ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार तोकिएको छ भने १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ ।

१ सय देखि २ सय किलोवाट क्षमतासम्मका सवारीमा २०/२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको छ । यसअघि ३० भन्सार र ३० प्रतिशत अन्तशुल्क थियो । १ सयदेखि २ सय किलोवाटका गाडीमा अन्तशुल्क र कर गरी १० प्रतिशत घटेको छ ।

त्यस्तै, २ सयदेखि ३ सय किलोवाटका विद्युतीय गाडीलाई भन्सार शुल्क ४० प्रतिशत तोकिएको छ । यसभन्दा पहिले ४५ प्रतिशत थियो । ५ प्रतिशतले घटेको हो । अन्तशुल्क भने ४५ प्रतिशत नै रहेको छ ।

३ सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीमा भन्सार ८० प्रतिशत पुगेको छ । यसअघि ६० प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट