2026-07-24 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ट्रोल गर्नेलाई केपी ओलीको जवाफः यत्रो सुन त म बोक्न पनि सक्दिनँ

जेठ १७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् । आफूमा सुनप्रति कहिल्यै मोह नभएको उनले बताए ।

प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो । ओलीको तस्वीरमा सुनैसुन ढाकिएको फोटो बनाएर भाइरल गरिएको छ ।

कलाकारहरुलाई एमाले प्रवेश गराउने कार्यक्रममा ओलीको भनाइ यस्ता थिएः

‘आज दुनियाँमा सबैभन्दा छाडापन यही देशमा देखिन्छ । यति छाडापन कहीं नहोला । पहिले छाडापन भनेर विभिन्न देशको कुरा गर्थाैं । अहिले नेपालमा जस्तो अन्त छैन । युट्युब खोल्न सकिँदैन । खोल्न पर्‍याे भने एकान्त कुनामा जानुपर्छ । के आउने हो भनेर डराउनुपर्छ । विकृतितर्फ भासिँदै गएका छौं हामी ।

यो देश जहाँ सभ्यता-संस्कृतिको सुरुवात भएको थियो, त्यो धर्तीमा आज के बोल्ने, के गर्ने बारबन्देजै छैन । शत प्रतिशत असत्य हो भन्ने जान्दाजान्दै हाकाहाकी झूट बोल्ने । जस्तो, केपी ओलीको फोटोमा हातभरि सुनै सुनका, यता पनि सुनै सुनका । त्यति सुन म बोक्न पनि सक्दिनँ होला ।

मेरो शरीरमा जिन्दगीमा औंठी लगाएको छैन । आमाले लगाउने गरेको औंठी सानो हुँदा नै ३-४ दिन लगाएको थिएँ । आमाले कान्छी औंलामा लगाएको औंठी आमा बितेपछि मैले बीचको औंलातिर लगाएँ । त्यस औंठीले मलाई बडो डिस्टर्व गर्‍याे । आमा सम्झिन कम भएको थियो, औंठीले गर्दा पटकपटक सम्झिने भएँ । हडबडी भइराख्ने आमाको सम्झानाले । त्यो भएपछि ३-४ दिन लगाएर फुकालें ।

फेरि एक दिन एउटा साथीलाई के झोंक चलेछ, मलाई सुनको औंठी लगाउन दियो । त्यसको निहुँ के थियो मलाई याद छैन । बडो माया गरेर दियो । तपाईं पैसा बोक्नु हुँदैन, खर्च हुँदैन । कहिलेकाहीं आपतमा काम लाग्नसक्छ, यो एउटा लाइराख्नुस् भनेको थियो । मैले सुनमा रुचि छैन भनें । तर, लाइराख्नुस् भन्यो । त्यस दिनभरि लाएँ । बेलुका घरमा फुकालेर राखें । त्यसपछि कसले लग्यो याद भएन ।

त्यसदेखि यता मैले औंठी लगाएको छैन । मेरो रुचि औंठीसौंठीमा छैन । सानो छँदा कान छेडेर मुन्द्रा लगाइदिएका थिए । अलि ठूलो भएपछि खोलियो । केटीको भए खोलिन्नथ्यो होला । त्यसपछि त्यो पनि रहेन ।

अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट पनि यत्रो मेहनत गरेर । एउटा चिजलाई अर्को ठाउँमा लगेर । कस्तो नियत, कस्तो घटिया कुरा होला ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक