७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

अन्तत: रामजी रामले मुख्य परीक्षा पनि पास गरे

२० जेष्ठ २०८०, शनिबार ०३:१०

जेठ २०, काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले अन्तत: एनएमसीबाट परीक्षा उत्रिण गरि लाइसेन्स पाएका छन् । निकै संघर्षले एमबीबीएस पास गरेका उनले एनएमसीको परीक्षा समेत पास गरेसंगै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

एउटा दलित त्यसमा पनि गरिव व्यक्तिले कसरी एमबीबीएस पास गरेर एनएमसीको समेत परीक्षा पास गर्न सफल भयो भन्ने पात्र उनि हुन् । एमबीबीएस चौथो वर्षमा पुग्दा कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको उनको अनुभव छ । उनि परीक्षा दिने क्रमम शुल्क बुझाउन नसकेर परीक्षा हलबाट निकालिएका बिद्यार्थी हुन् । 

सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो । उनलाई नेसनल मेडिकल कलेजले परीक्षाको समयमा अवैध शुल्क मागेर फारम भर्न दिएको थिएन । जुन कुरा मिडियामा छाएका थिए । उनीहरुले परीक्षा दिन नपाएको विषय सञ्चारमाध्यममार्फत बाहिर आएपछि परीक्षामा सहभागी गराउनुपर्ने भन्दै चौतर्फी विरोध भएको थियो । त्यसपछि उनले परीक्षामा सामेल हुन पाएका थिए । 


चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ मा छात्रवृत्ति पाएका विद्यार्थीसँग परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा खर्च लिन नपाइने उल्लेख छ । जसलाई तात्कालीन मन्त्रिपरिषदको सामाजिक विकास समितिको ०७२ भदौ ३१ गते बसेको बैठकले स्वीकार गरेको थियो ।

रामजीरामले सरकारी छात्रवृत्ति पाएका थिए । त्यसै छात्रवृत्तिको कारण रामजीरामलाई कुनै शुल्क लिन नपाउने भनि बिषय चर्चामा आयो । किनकी फि नतिरेको भन्दै एमबीबिएसको परीक्षा दिनबाटनै उनलाई बन्चित गरिएको थियो । चिकित्सा शिक्षा आयोगले ०७७ पुस २६ गते नेशनल मेडिकल कलेजलाई पत्राचार गर्दै रामजी रामको शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै परीक्षामा सामेल गराउन भनेको थियो । 

कलेजले कानुन विपरीत अतिरिक्त शुल्क मागेपछि रामजी लगायत छात्रवृत्तिमा अध्ययनरत अन्य विद्यार्थीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत आवाज उठाएका थिए । त्यसै आवाजको प्रतिफल गत बर्ष उनले एमबीबीएस उत्तीर्ण गरे । 

उनले गत बर्ष भनेका थिए – ‘कागजी परीक्षा सकियो, चिकित्सक जीवनको मुख्य परीक्षा अब शुरु हुन्छ । पढेर मात्रै हैन अब परेर जान्नुपर्छ ।’  

अन्तत: उनले मुख्य परीक्षा पनि पास गरेका छन् । उनको डाक्टर बन्ने सपना सफल भएको छ । एउटा गरिव दलितले सरकारबाट छात्रवृत्ति पाएर पनि कलेजलाई पैसा नतिरेको भन्दै परीक्षाबाटै बन्चित गराइएको र त्यस समस्याबाट उठ्दै हिम्मत नहारी अगाडी बढ्दा उनि अन्तत: सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी