२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाको मध्यपुर थिमि नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत

२०८०, २१ जेष्ठ आईतवार ०३:४३

केके मानन्धर । जेठ २१, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगरमा सम्पन्न भएको भेलाले न्हुछेरत्न मानन्धरको नेतृत्वमा १३ सदस्यीय नयाँ नगर समिति बनाएको छ । शंखधर चोकस्थित यचु पार्टी भेन्यूमा सम्पन्न भएको कार्यक्रमबाट उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिव मुरारी नेपाल तथा कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः गुन्जना ढुंगाना, आराधाना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेश राज बज्राचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजापति छन् ।


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघीय सांसद माननीय विराजभक्त श्रेष्ठले अहिलेका राजनीतिज्ञहरुको विकल्प खोज्नुपर्ने अवस्था आएको बताए । माननीय श्रेष्ठले स्थानिय सरकार अधिकार सम्पन्न भएको अवस्थामा पालिका र वडा स्तरमा भइरहेका विकास निर्माण तथा योजनालाई निगरानी गर्नुपर्नेमा जोड दिए । सरकारले विनियोजन गरेको वजेट सही ढंगले प्रयोग भएको छ वा छैन भन्ने विषयमा समेत निगरानी राख्न उहाँले आग्रह गरे । पछिल्लो समय विभिन्न क्षेत्रमा विकृति र विसंगति विद्यमान रहेकोमा त्यस्ता समस्या न्यूनीकरण गर्ने क्षेत्रमा भूमिका खेल्न युवाहरुलाई आह्वान गरे । काम र व्यवहार मिलाउन नसकेका पुराना सोचका नेता र पार्टीहरुलाई उछिन्नको लागि रास्वपाले फरक र अब्बल तरिकाले काम गर्नुपर्नेमा जोड दिए । स्थानिय ठाउँको विकास निर्माण सम्बन्धिको योजनालाई स्थानिय स्तरबाटै तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिंदै भाषा, संस्कृति, समाजिक न्यायको विषयमा काम गर्नुपर्ने बताए ।


कार्यक्रममा प्रतिनिधिसभाका सघीय सांसद तथा रास्वपाका केन्द्रीय सदस्य माननीय विराजभक्त श्रेष्ठ, सन्तोष परियार, विन्दवासिनी कंसाकार, रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जन, प्रमिला कुलुजु, भक्तपुरका जिल्ला सभापति रामेश्वर बस्नेत, ललितपुर जिल्ला सभापति, चाँगुनारायण नगर सभापति, सूर्यविनायक नगर सभापति, युवा नेता साजन विक लगायतको सहभागिता थियो ।

कार्यक्रमको दोस्रो चरण अन्तर्गत बन्दसत्रमा उपेन्द्र केसीको संयोजनमा पाँच सदस्यीय निर्वाचन समिति बनाइएको थियो । समितिका सदस्यहरुमा क्रमशः जोन कार्की, सन्तोष थापा, प्रमिला कुलुजु तथा रजनी केसी (मानन्धर) थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति न्हुछेरत्न मानन्धरको संस्थागत योगदानः


१) संस्थापक अध्यक्ष, भक्तपुर चेम्बर अफ कमर्स ।

२) संस्थापक अध्यक्ष, भक्तपुर जिल्ला मानन्धर युवा संघ ।

३) संस्थापक अध्यक्ष, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ ।

४) संस्थापक संयोजक, योग साधना केन्द्र (पतञ्जली) मध्यपुर थिमि ।

५) पूर्व अध्यक्ष, सिवा साय्मि खलः मध्यपुर ।

६) प्रेसिडेन्ट, भक्तपुर लायन्स क्लब अफ रियलटेक ।

७) संस्थापक, युनिभर्सल ग्रुप मध्यपुर ।

८) अन्य थुप्रै संस्थामा आवद्ध रहेको अनुभव ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा