२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्यो

२१ जेष्ठ २०८०, आईतवार १७:३३

जेठ २१, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । 

अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।

गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो