असोज १२, विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

<"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झारा टार्ने हिसाबले संविधान संशोधन गर्न लागियो: गच्छदार

१२ आश्विन २०७३, बुधबार ०८:३३

असोज १२, विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अन्य दलसँग पनि छलफल गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिए ।

सरकारले झारा टार्ने हिसाबले संविधान संशोधन प्रस्तावअघि बढाउन लागेको उल्लेख गर्दै उनले प्रमुख राजनीतिक दल र मधेसवादी दलसँग सहमति खोजेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

पत्रकारको जिज्ञासामा अध्यक्ष गच्छदारले स्थानीय तहमा इलाकालाई आधार बनाउने प्रस्ताव अवैज्ञानिक रहेकाले दलहरुको सहमतिमा मात्र स्थानीय तहको सीमाङ्कन र सङ्ख्या निर्धारण गर्नुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता भएकाले पनि छिटो स्थानीय तहको पुनःसंरचनाका लागि आयोग, सरकार र प्रमुख दलहरुबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य