2026-07-26 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

जेठ ३०, काठमाडौँ | नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई  पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्ययक्ष भुवन केसीले जानकारी दिनुभयो । 

“यसअगाडिको नजिरअनुसार नै प्रक्रिया अपनाउन सुझाव दिएका छौँ”, उहाँले भन्नुभयो, “ ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजिर मानेर ‘परस्त्री’लाई पनि सोही प्रक्रियाबमोजिम अनुमति दिनेछौँ ।”

बोर्डको यस्तो निर्णयपछि चलचित्रका निर्माताले रु तीन हजार दस्तुर तिरेर

पुनः स्वराङ्कनका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र परस्त्रीले (हिन्दी डब) शीर्षकमा चलचित्रले सिफारिस पत्र पाउनेछ ।

नेपाली चलचित्रको सुविधासरह ‘रिलिज’ हुने भएपछि परस्त्री (हिन्दी डब)ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्य अभिवृद्धि कर १३ प्रतिशत र स्थानीय कर पाँच प्रतिशतसहित १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । नेपाली चलचित्र नेपालमै हिन्दी भाषामा प्रदर्शन हुने शैली सकारात्मक नभएको बोर्ड अध्यक्ष केसीले बताउनुभयो । “मैले मन्त्रालयको निर्देशनलाई मानेको हुँ । चलचित्रकर्मीका रुपमा म यस कुरासँग सहमत  छैन । किनकि नेपालमै हिन्दी भाषामा चलचित्र प्रदर्शन गरिनु राम्रो होइन”, उहाँले भन्नुभयो । 

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले नेपाली निर्माताको लगानी रहेकाले नेपालीसरह सेवासुविधाको माग गरिएको जानकारी दिनुभयो । “हाम्रै नेपालीको लगानी रहेको चलचित्रलाई विदेशी सरह प्रदर्शन गरिनु न्यायोचित नहुन सक्छ । त्यही सन्दर्भलाई लिएर विकास बोर्डसम्म पुगेका हौँ”, वितरक श्रेष्ठले भन्नुभयो, “यसको सकारात्मक पक्षलाई पनि हेर्नुपर्छ । नेपाली निर्मातासँगको सहकार्यमा विदेशी लगानी भित्रिन सक्ने सम्भावना पनि छन् ।”

कलाकार सुरज पाण्डेको निर्देशनमा तयार भएको यस चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गर्नुभएको छ । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ (जिजिए ग्रुप) र मोफसलमा अशोक शर्मा (डिसिएन) ले वितरण गर्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली