सन्तोषकुमार गुप्ता । दाङ, १२ असोज । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संबिधान संसोधनको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ, १२ असोज । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संबिधान संसोधनको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेता"/>
2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आफुखुसी संशोधनको प्रयास गरिए प्रतिवाद गर्ने चेतावनी – नेपाल

सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ  । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संबिधान संसोधनको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेतावनी दिएका छन । दाङको तुलसीपुरमा आज बुधबार नेकपा एमाले दाङको १२औ जिल्ला अधिबेसनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पूर्बप्रधानमन्त्री नेपालले दलहरु बीच ब्यापक छलफल नै नगरि संबिधान संशोधन हुन नसक्ने बताए ।


यदी वर्तमान सरकारले केही मधेसबादी दलहरुको माग पुरा गराई सत्ता लम्ब्याउने प्रयासका लागि संबिधान संशोधनको प्रयास गरि एमाले प्रतिकार गर्ने बताए । तर राष्ट्रीय सहमतिका साथ मुलुकको राजनीतिक निकासका लागि भने एमाले बाधक नहुने जानकारी दिए । उनले संबिधान कार्यान्वयका लागि स्थानिय निकाय र प्रान्तीय निर्बाचन माघ ७ गते भित्र गर्न नसके संबिधान धरापमा पर्ने र त्यसबाट मुलुक पुन अन्यौलतामा धकिलीने बताए । तर सरकार यसप्रति गम्भीर छदै,छैन उनको आरोप छ । स्थानिय निकाय र प्रान्तीय निर्बाचन पछि २०७४ माघ भित्र केन्द्रीय तहको निर्बाचन गराउनु पर्छ, त्यसका लागि पनि एमाले तयारी अबस्था रहेको बताए । उनले जिल्लालाई कमजोर बनाउने प्रयास भई रहेको बताउनुहुर्दै नागरिकलाई प्रभाबकारी सेवा दिन जिल्ला बलियो बनाउनु पर्ने जिकिर गरे । तर यहाँ त जिल्ला कमजोर बनाउने प्रयास भई रहेको छ । ७५ जिल्ला चलाउन नसक्नेले ५ सय ६५ ठाँउ चलाउने हिम्त गर्नु कति हास्यास्पद कुरा भएको टीप्पणी गरे । नेता नेपालले नेपालमा राजनीतिक क्रान्ति पछि अब बिकासको गति अगाडी बढाउनु पर्ने बताए । बिकास निमार्णमा खुट्टा तान्ने प्रबृत्ति रहेको गुनासो गर्दै अब नेपालमा पर्यटकीय, जलश्रोत, कृषि, यातायातलाई प्राथमिकतामा राखि योजना बनाउनुपर्ने बताए । उनले बिद्युतीय रेल सेवाले नेपाली जनतालाई ठुलो सेवा दिने बताउनुहुर्दै बिजुली उत्पादन गर्नपर्नेमा जोड दिए । बिद्युतीय रेल सञ्चालन भए पुर्व मेची देखि पश्चिम महाकालीसम्म ३ घण्टामा सजिलै पुग्न सकिने बताए । 


जिल्ला अध्यक्ष जोगबहादुर रानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञावली, उपमहासचिब बिष्णु पौडेल, नेता पुर्व सचारमन्त्री शंकर पोख्रेल, भागवत बिश्वासी, मेटमणी चौधरी लगायतले बोलेका थिए । सो अबसरमा जिल्ला उपाध्यक्ष बामदेब खनालले स्वागत मन्तब्य र सहजीकरण सचिब हुकुमबहादुर बस्नेतले गरेका थिए । आन्तरीक बिवादका कारण पटक पटक स्थगीत हुदै आएको नेकपा एमाले दांङको १२ औ जिल्ला अधिवेशन आज बुधबारदेखी तुलसीपुरमा हुंदै आएको थियो । करीव १२ सय प्रतिनीधी सहभागी हुने अधिवेशनले एमाले दांङको नयाँ नेतृत्व छान्ने छ । एमाले जिल्ला अध्यक्षका लागी ३ जना आकाक्षी देखीए पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास पनि भई रहेको बुझिएको छ । अध्यक्षका लागि संगठन बिभाग प्रमुख हिराचन्द्र केसी, प्रदेश नम्वर ५ का सदस्य टिकाराम खड्का र बर्तमान सचिव हुकुमबहादुर बस्नेतको नाम बढि चर्चामा छ ।


एमाले दाङको बन्दसत्र सुरु हुदै

नेकपा एमाले दाङको १२ औँ जिल्ला अधिवेसन बुधवार तुलसीपुरमा भब्य कार्यक्रमका वीच उद्घाटन गरीएको छ । हजारौ कार्यकर्ताको उपस्थितीमा नेकपा एमालेका बरीष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि माधवकुमार नेपाल, केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालि, उपमहासचिव विष्णु पौडेल र स्थायि कमिटि सदस्य शंकर पोख्रेलले संयुक्तरुपमा पानसमा वत्ति वालेर उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन सत्र पछि बन्द सत्रको तयारी भइरहेको छ । नेकपा एमाले दाङका जिल्ला सदस्य गेहेन्द्र बस्नेतले खाना खाने समय सकीएपछि बन्द शत्र शुरु हुने बताए । ‘अहिले खानाखानेक्रम चलिरहेको छ, वाहिर हल्ला भए जस्तो केही विवाद छैन, खाना खाइसकेपछि बन्द शत्र चल्छ–जिल्ला सदस्य बस्नेतले भन्नुभयो । यता अर्को पक्षले भने दुवै पक्षवाट छुट्टा छुट्टै प्रतिनिधिको सुचि ल्याएपछि बन्द शत्र सुचारु हुन नसकेको जनाएको छ । राति आठ बजेदेखि सुरु हुने भनिएको बन्दसत्रमा प्रतिनिधिका सन्दर्भमा केही समस्या आएपछि  विवाद मिलाउन जिल्ला नेतृत्व छलफलमा जुटेको स्रोतको भनाइ छ । प्रतिनिधि विवाद नमिले सम्म बन्दसत्र हुन नसक्ने सचिवालय सदस्य उत्तरकुमार वलीले दावि गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा