सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ  । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनितिक दलहरु बीचको सहमतिबाट मात्रै संविधान संसोधन सम्भव रहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ  । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनितिक दलहरु बीचको सहमतिबाट मात्रै संविधान संसोधन सम्भव रहेको "/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सहमतिवाट मात्रै संविधान संसोधन हुन्छ-एमाले बरिष्ठ नेता नेपाल

२०७३, १२ आश्विन बुधबार १७:२७

सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ  । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनितिक दलहरु बीचको सहमतिबाट मात्रै संविधान संसोधन सम्भव रहेको बताए । छलफल चौतारी दाङले मंगलबार घोराहीमा गरेको संविधानको एक वर्ष ः चुनौती र सम्भावना विषयक अन्र्त्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । 

राष्ट्रियतालाई कमजोर बनाउने गरी हुने संविधान संसोधन कार्यमा एमाले संलग्नता नहुने बताउदै उहाँले मुलुकको हितका लागि एमालेले जस्तोसुकै लचकता अपनाउन तयार रहेको बताए । ‘संविधान संसोधन विदेशीको इसारामा होइन, मुलुकको हितका लागि हुने संसोधन कार्यमा एमालेले साथ, सहयोग रहन्छ–नेकपा एमालेका बरीष्ठ नेता नेपालले भने‘तर, देशलाई गोलचक्करमा फसाउने र विवाद निम्त्याउने गरी हुने संविधान संसोधनको पक्षमा हामि छैनौ, राष्ट्रलाइ अहित हुने कुरामा पार्टिले सहमती गर्दैन, यसमा ढुक्क हुनुस ।’ संविधान जारी गर्दा देखिएको दलहरु बीचको एकता अहिले कार्यान्वयनमा समेत आवश्यक रहेको कुरामा उनले जोड दिए । वर्तमान सरकारले संविधान कार्यान्वयनलाई मुख्य कार्यभार बनाएर अघि बढ्नुपर्ने भन्दै उहाले चुनौतीलाई सामना गर्दै सबै दलहरुलाई मिलाएर लैजानुको विकल्प नरहेको बताए । ‘संविधान जारी गर्दा दलहरुबीच जुन खालको एकता प्रर्दशन भएको थियो, त्यो एकता संविधान कार्यान्वयनमा पनि देखाउन जरुरी छ–उनले भने–‘फेरि पनि हामी झगडा ग¥यौ भने प्राप्त उपलब्धी गुम्ने खतरा हुन्छ, यसमा सम्पूर्ण दलहरु सचेत हुनुपर्छ ।’ विदेशीमुखी चिन्तन नै सविधान कार्यान्वयनको मुख्य चुनौती रहेको भन्दै दलहरुले समयमै सही नेतृत्व दिनसके संविधान कार्यान्वयको गति बढ्दै जाने उहाँले उल्लेख गरे । एमालेको अगुवाइमा संविधान जारी भएको चर्चा गर्दै उहाँले एमालेकै नेतृत्वमा सविधान कार्यान्वयन हुने बताए । दलहरु बीचको विवादले कतिपय विदेशी मुलुकहरुमा संविधान सभा असफल भएको दृष्टान्त दिदै उनले ९० प्रतिशत जनताबाट अनुमोदित सविधानलाई अधुरो र अपुरो भनेकोमा आपत्ती जनाए । मधेसवादी दलहरुले आफ्नो स्वार्थका लागि संविधानका बारेमा कुप्रचार गरेको भन्दै यसमा विश्वास नगर्न नागरीकलाई आग्रह गरे । मधेसवादी दलहरुको मागलाई सिङ्गो मधेसी समुदायको हुन नसक्ने ठोकुवा गर्दै उनले गलत प्रचार र भ्रमलाई चिर्न सबै दल एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे । 


छलफल चौतारीका अध्यक्ष सुशिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका वरीष्ठ नेता नेपालले संविधान वमोजिम राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको निर्वाचन भएको भन्दै अब स्थानीय, प्रदेशको निर्वाचन समयमै गर्न सरकार लाग्नुपर्ने विचार व्यक्त गरे । पछिल्लो समयमा सत्ताको खेलमा दलहरु लाग्दा संविधान कार्यान्वयन पाटो ओझेलमा पर्ने होकी भन्ने आसंकामा जनता रहेको भन्दै उनले यो आशंकालाई मेटाउन सबैले आ–आफ्नोतर्फबाट भुमिका खेल्नुपर्ने उल्लेख गरे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको लोकप्रिय सरकार हटाउदा जनतामा थुप्रै आसका उत्पन्न भएको भन्दै तत्कालिन सरकारले मधेस लगाएत अन्य क्षेत्रलाई ध्यानमा राखेर बजेट छुट्याएकै कारण अत्तालिएर माओवादी र काँग्रेस मिलेरसरकार ढलाएको आरोप लगाए । साथै उनले प्रचण्डको भारत भ्रमणले राष्ट्रियतालाई बलियो बनाउनुको साटो कमजोर बनाएको टिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतको सयुक्त वक्तव्यमा नेपालको आन्तरीक विषयलाई राख्नु गम्भिर गल्ती भएको भन्दै यसले राष्ट्रिय स्वाभिमानमा ठेस पु¥याएको उनले बताए । कार्यक्रमको सहजीकरण छलफल चौतारीका सदस्य सविन प्रियासनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ