2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बालेनको निर्णयमा असन्तुष्टि पोखेका दिपकराजमाथि माग्नेबुढाको कडा टिप्पणी

असार ४, काठमाडौँ | विभिन्न सार्वजनिक विषयहरुमा निर्धक्क प्रतिक्रिया दिने कलाकारमा पर्छन्, दिपकराज गिरी । उनको यहीँ स्वभावका कारण उनी कहिले तालीको हकदार त कहिले गालीका शिकार भइरहेका पनि हुन्छन् ।

हरेक विषयमा बोल्ने गिरीले अहिले चलिरहेको हट टपिकमा आफ्नो धारणा व्यक्त नगर्ने त कुरै भएन । अहिले सामाजिक सञ्जाल महापुरुषमय भएको छ । उनले यस विषयमा पनि आफ्नो धारणा व्यक्त गर्न पछि परेनन् । तर यसपालि भने उनलाई दर्शकको साथ भन्दा धेरै आलोचना मिलेको छ । उनको धारणाप्रति उनकै निकट सहकर्मी माग्नेबुढा(केदार प्रसाद घिमिरे)ले कडा टिप्पणी दिएका छन् ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’भन्ने विवादित संवाद हटाउन काठमाडौंका मेयर बालेन्द्र शाहले ३ दिनको अल्टिमेटम दिएका थिए । दिएको समयसम्ममा पनि उक्त संवाद चलचित्रबाट नहटाएपछि बालेनले आइतबार हलहलमा नगर प्रहरी पठाएर काठमाडौं क्षेत्रभित्र कुनै पनि हिन्दी चलचित्र नलगाउन निर्देशन दिए । सधैँ भारतीय चलचित्रको थिचोमिचोमा परेको गुनासो गर्ने नेपाली चलचित्रकर्मीहरू बालेनको शो निर्देशनपछि खुशी देखिए । उनलाई समर्थन गर्दै धेरैले उनको स्टाटस शेयरसमेत गरे ।

अधिकतम चलचित्रकर्मीले समर्थन जनाइरहँदा गिरीले भने असन्तुष्टि व्यक्त गर्दै आइतबार आफ्नो सामाजिक सञ्जालमा एक स्टाट्स लेखे । उनले लेखेका थिए, ‘समस्या आदिपुरूषले निकालेको हो त्यसैले आदिपुरुष मात्रै बन्द गरौं । उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ ।’

उनको शो स्टाटसपछि गिरीलाई गालीको ओइरो नै भयो । छिमेकी देश भारतलाई समर्थन गरेको बताउँदै उनको आलोचना सुरु भयो । आलोचनाको बाढी आएपछि उनले आज बिहान पुनः अर्को एक स्टाटस लेखे, ‘एउटा भाइले भने ‘दाइ फेसबुक हेर्नु भो तपाईंले गाली खाइरहनु भएको छ । मैले भने ‘होइन भाइ कसैले गाली दियो होला तर मैले खाएको छैन ।’

आफूले जतिसुकै गाली खाएपनि बेवास्ता गरेको उनको स्टाटसको तात्पर्य थियो । तर यसैबीच उनका निकट सहकर्मी माग्नेबुढा(केदार प्रसाद घिमिरे) ले उनकै स्टाटसमा दिएको टिप्पणी पछि भने उनलाई आलोचना गर्नेको संख्या थप बढेको छ । उनले लेखेका छन, ‘छिमेकी र बाउको झगडा परेको बेलामा छिमेकीलाई फाइदा पुग्ने गरी बोल्दा दाजुभाईको एकदुई मुक्का भेट्नु सामान्य कुरा हो ।’

माग्नेबुढाले आफ्नो टिप्पणीमार्फत भारतलाई छिमेकी र गिरीले छिमेकीलाई फाइदा पुग्ने काम गरेको आशय दिएका छन् । सोही कारण गिरीले दर्शकको गाली खाएको उनको तात्पर्य छ । उनको उक्त टिप्पणीपछि कमेन्ट्समा माग्नेबुढाको तारिफ भइरहेको छ । उनलाई दर्शकले समर्थन जनाइरहेका छन् भने गिरीलाई झनै गालीको ओइरो भइरहेको छ ।

उनको यस्तो टिप्पणीपछि गिरीले उनलाई प्रतिक्रिया दिँदै लेखेका छन, ‘वाउ, मेरो भाइको अर्को लोकप्रिय टिप्पणी । स्टाटस नै लेखेको भए अझ बढी लाइक आउँथ्यो बाबु ।’ कमेन्ट्समै दुईजनाको यस्तो भनाभनपछि हेर्नेलाई रमिता भएको छ । सबैले आफ्नो तरिकाले धारणाहरु व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो