2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय फिल्म रोक्ने मेयर बालेनको निर्णयविरुद्ध हल व्यवसायी अदालत जाँदै

असार ४, काठमाडौँ | भारतीय फिल्म रोक्ने काठमाडौैं महानगरपालिका प्रमुख बालेनको निर्णयविरुद्ध हल व्यवसायीहरू अदालत जाने भएका छन्।  फिल्म ‘आदिपुरुष’ प्रदर्शन रोकिए पनि  अन्य भारतीय फिल्मको प्रदर्शनलाई लिएर अन्योल उत्पन्न हुँदा हल व्यवसायीहरू बालेनविरुद्ध अदालत जाने भएका हुन् ।

मेयर शाहले ‘आदिपुरुष’ विवादमा अन्य भारतीय फिल्मको प्रदर्शन रोकेपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा नेपाल चलचित्र संघ जुटेको छ । संघका पदाधिकारी सोमबार बिहानैदेखि छलफलमा जुटेका छन् ।

संघका उपाध्यक्ष गोपाल कायस्थले ढिलोचाँडो संघले अदालतमा मेयर शाहको निर्णयलाई चुनौती दिने बताउँदै यसका लागि कानुन व्यवसायीसँग परामर्श गरिरहेको राणाले बताए । उनले भोलिका लागि पनि नजिर बस्ने भएकाले गम्भीर कानुनी परामर्श गर्नुपर्ने बताए।

मेयर शाहको यो कार्यलाई कतिपयले क्षेत्राधिकारभन्दा बाहिर रहेको बताइरहेका छन् । तर, शाह स्वयंचाहिं संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको तर्क गरिरहेका छन् ।

मेयर शाहको कार्यप्रति असन्तुष्टि जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेन्सर पास भइसकेको फिल्मलाई लिएर भएका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो