२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

काठमाडौंका हलले थाले भारतीय फिल्मको प्रदर्शन, ‘जरा हट्के जरा बचके’ पुनः रिलिज

८ असार २०८०, शुक्रबार ०८:४३

असार ८, काठमाडौँ | भारतीय फिल्मको प्रदर्शन जारी राख्न पाटन उच्च अदालतले बिहीवार जारी गरेको अन्तरिम आदेशसँगै हल सञ्चालकले आज शुक्रबार पुरानो फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज गरेका छन् । आज शुक्रबार नयाँ हिन्दी फिल्म नआएपछि विक्की कौशल र सारा अली खानको अभिनय रहेको फिल्म रिलिज गरेका हुन् । फिल्मका लागि काठमाडौँमा अधिकांश हलले शो समेत प्रकाशित गरेका छन् । 


नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि संघले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘हामीले आदिपुरुष रिलिज गरेका छैनौ’, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले भने– ‘अदालतको आदेशपछि फिल्म प्रदर्शन रोक्नु पर्ने देखिन्न ।’ चलचित्र संघको आधिकारिक धारणा समेत विज्ञप्ति मार्फत छिट्टै आउने उदयले जानकारी दिए ।

हिन्दी फिल्म रोकिएको विषयमा पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौँ महानगर दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो