अनिल अधिकारी ।
वैदेशिक रोजगारमा चरम बेथिति छ । यो क्षेत्र सुधारको लागि बनेको कानुनमा जतातै प्वाल छ, जुन प्वालबाट सजिलै भ्रष्ट कर्मचारीहरु छिर्न सक्ने हुँ"/>
अनिल अधिकारी ।
वैदेशिक रोजगारमा चरम बेथिति छ । यो क्षेत्र सुधारको लागि बनेको कानुनमा जतातै प्वाल छ, जुन प्वालबाट सजिलै भ्रष्ट कर्मचारीहरु छिर्न सक्ने हुँ"/>
अनिल अधिकारी ।
वैदेशिक रोजगारमा चरम बेथिति छ । यो क्षेत्र सुधारको लागि बनेको कानुनमा जताततै प्वाल छ, जुन प्वालबाट सजिलै भ्रष्ट कर्मचारीहरु छिर्न सक्ने हुँदा सिंगो वैदेशिक रोजगार क्षेत्र अमर्यादित र दुर्गन्धित बन्दै गईरहेको छ ।
धादिङका समिर बिक वैदेशिक रोजगारमा जान चाहन्छन् । उनि सरकारको नीतिमा उल्लेख भएझैं निशुल्क रोजगारमा पठाउने म्यानपावरको खोजीमा छन् तर त्यसरी निशुल्क पठाउने म्यानपावर भेट्न उनि एक सय म्यानपावरमा चहार्दा बल्ल एकदुई म्यानपावरमा मात्र त्यस्ता डिमाण्ड पाउन सक्छन् । तर उनलाई त्यस्तो डिमाण्ड आएको म्यानपावर कुन भन्ने थाहानै छैन ।
चितवनबाट वैदेशिक रोजगारमा जान चाहेर काठमाडौँ आएका सुजन थापाले फ्री भिसा फ्री टिकटको डिमाण्ड बल्लतल भेटे । डिमाण्ड त भेटे तर म्यानपावरका प्रतिनिधिहरुले उक्त डिमाण्डमा बिज्ञापन अगावै रोजगारमा जानेहरु प्याक भईसकेको जानकारी पाएर उनि अझै भौतारिदै छन् । थापा अब पैसा तिरेरै भएपनि वैदेशिक रोजगारमा जाने सोच बनाउन थालेका छन् ।
सिन्धुलीका रमेश क्षेत्रीको छुट्टै गुनाशो छ । क्षेत्रीले राष्ट्रिय दैनिक पत्रिकामा म्यानपावरले छापेको डिमाण्डमा फोन गर्दा डिमाण्डनै छैन भन्ने ठाडो प्रतिक्रिया पाए । उनले अन्तर्वार्ताको म्याद तोकिए अगावै सम्बन्धित म्यानपावरमा फोन सम्पर्क गरेका थिए । उनका अनुसार उक्त म्यानपावरले दुई सय भन्दा बढी कामदारको कोटामा डिमाण्ड आएको उल्लेख गरेर अन्तर्वार्ताको मिति तोकेको छ तर म्यानपावरमा सम्पर्क गर्दा उक्त डिमाण्ड औपचारिकताको लागि मात्र पत्रिकामा छापिएको हो ।
झापाका सन्देश लिम्बुले पत्रिकामा आएको डिमाण्डको आधारमा म्यानपावरलाई फोन सम्पर्क गरे तर फोनमा म्यानपावरले सबै सूचना दिन चाहेन । उनि सम्बन्धित म्यानपावर धाएरै गए । त्यहाँ पुगेपछि सिधा म्यानपावरमा जोडिएर वैदेशिक रोजगारमा जान सम्भव उनले देखेनन् । अन्तत: उनि सिधै म्यानपावर पुगेर पनि एक जना एजेन्टको पछि लाग्न बाध्य बने । उनि त्यहि एजेन्ट मार्फत एक लाख अग्रिम अशुलीमा परे । एजेन्टले छ महिनादेखि झुलाईरहेको छ । नगद रकम दिएको कारण लिम्बु अहिले एजेन्टले रकम फिर्ता दिने हो कि होइन र विदेश पठाइदिने हो कि होइन भन्ने दोधारमा छन् ।
धनुषा घर भएका बिनय यादवलाई जनकपुर स्थित एकजना कपडा पसल खोलेर बसेका एजेन्टले मलेसिया रोजगारमा पठाइदिने भन्दै ५० हजार रकम अशुली गरेको डेढ बर्ष भयो । एजेन्टकै सहयोगमा उनि दुई पटक काठमाडौँ आएर म्यानपावर धाईसकेका छन् तर उनको काम हुने नहुने अझै निश्चित छैन । पीडित यादवलाई सम्बन्धित एजेन्टले थप ५० हजार दियो भने काम गरिदिन्छु भन्दै फोन गर्न थालेका छन् । मलेसिया रोजगारमा जान तीन लाख लाग्छ भनि एजेन्टले भनेको र काम सुरु गर्न ५० हजार मागेको कारण आफूले रकम एजेन्टलाई दिएको उनि भन्छन् ।
बागलुङका भवानी थापा सहित १७ जना काठमाडौँ स्थित एक कन्सल्टेन्सीबाट ठगिएका छन् । वैदेशिक रोजगारमा पठाउन इजजातनै नभएको उक्त कन्सल्टेन्सीले थापा सहितको पिडितहरुलाई क्रोएसियामा रोजगारको प्रलोभनमा पारी ५० हजारका दरले रकम उठाई अहिले सम्पर्क बिहिन बनेको गुनाशो छ । उनिहरुसँग सम्बन्धित व्यक्तिले भनेको अर्कै व्यक्तिलाई मोबाइल बैंकिङ मार्फत पैसा तिरेको प्रमाण पनि छ तर उक्त प्रमाणमा उजुरी लाग्दैन । उनीहरुको गुनाशो छ – 'प्रहरीमा उजुरी दिन जाँदा बैदेशिक रोजगार बिभागले हेर्छ भन्दै पठाएको हो तर बिभागमा आउँदा उजुरी गर्ने आधार प्रयाप्त भएन भन्ने कुरा आयो ।'
अर्का गुनाशोकर्ता छन् जनक क्षेत्री । उनका अनुसार उनको पासपोर्ट म्यानपावरले राखेको छ । लिन जाँदा २० हजार दिए मात्र पासपोर्ट दिने भन्दै म्यानपावरले बार्गेनिङ गरेको छ । क्षेत्रीले मलेसिया रोजगारको लागि अप्लाई गरेका थिए । अफर लेटर आएलगत्तै आफू जान नपाउने सूचना दिएको उनको भनाई छ । त्यहि समस्याको कारण क्षेत्रीको पासपोर्ट एक वर्षदेखि म्यानपावरले दिन मानेको छैन ।
मलेसिया पुगेका १४ नेपाली नेपाल फिर्ता भए । उनिहरुलाई काठमाडौँका बिभिन्न ४ म्यानपावरले पठाएको थियो । नेपालबाट जाँदा उनीहरुलाई २२६२ रिंगेट तलब हुन्छ भनि पठाइएको थियो । आकर्षक तलब पाउने भएपछि उनिहरुले ३ लाख ५० हजारसम्म रकम तिरेर गए तर गएपछि कम्पनीले ओभरटाइमको ग्यारेन्टी गरेन । उनीहरुले ७ महिना काम गरेर नेपाल फर्किए । उनिहरुले बिदेशमा श्रम गरेको ७ महिनाको तलब जाँदा तिरेको लागतमै ठिक्क भयो । उनिहरुको जीवनको ७ महिना शुन्य जस्तै भयो । अझ भनौ उनीहरुले श्रम गरे म्यानपावर र बिचौलियाले कमाए ।
नेपालबाट वैदेशिक रोजगारमा गएका झन्डै ९८ प्रतिशत नेपाली युवाले नीतिमा भन्दा बढी लागत तिरेर वैदेशिक रोजगारमा गएका छन् । उनीहरुको ५ देखि १२ महिनासम्मको तलब नेपालबाट वैदेशिक रोजगारमा जाँदा तिरेको लागत तिर्नमै ठिक्क हुन्छ ।
ठगीको साम्राज्य नेपालमा मात्र छैन । युएईमा रोजगारको क्रममा रहेका नुवाकोटका श्याम अधिकारीले सात महिना अघि युएईबाटै क्यानडा रोजगारको प्रलोभनमा एक लाख बुझाए । टिकटक र फेसबुकबाट ब्यापक बिज्ञापन दिने गरेको उक्त कम्पनीले सात महिनापछि तपाइको नाम निस्केन भन्ने बहानामा ७५ हजार मात्र फिर्ता गर्यो । बाँकी २५ हजार प्रोसेसिङको क्रममा खर्च भएको भनियो । अब उक्त २५ हजार प्राप्त गर्न प्रयाप्त प्रमाण अभावको कारण सम्भव नभएको ति पीडितको गुनाशो छ ।
माथिका सबै प्रतिनिधि घटना मात्र हुन् । वैदेशिक रोजगार क्षेत्रमा ठगि मौलाउने क्रम बढ्दै गएको छ । मुलुकले आर्थिक संकट झेलिरहेको अवस्थामा आफ्नो आर्थिक संकट टार्नकै लागि पनि वैदेशिक रोजगारको नाममा आर्थिक अशुली भएको हुनसक्ने विश्लेषण गरिएको छ । ठगि नियत राख्नेहरुलाई विदेश पठाईदिन्छु भनि एक-डेढ करोड रकम अशुली गर्न त्यति गाह्रो छैन । कतिपय म्यानपावरहरुले एकै डिमाण्ड १० पटकसम्म पत्रिकामा छापेर पनि युवाहरुसँग अग्रिम अशुली गरिरहेको आशंका गरिएको छ । यसरी ठगीमा पर्नेहरुले अग्रिम रकम बुझाएर ५/६ महिनापछि काम गर्न सकिएन भनेकै भरमा जतिकोत्यति वा त्यसमा २०/२५ हजार कटाएर रकम पाउँदा समेत धन्न पैसा फसेन भनेर खुसि हुनुपर्ने अवस्थाको सृजना भएको छ । भिजिट भिसा, आजाद भिसा, फ्रीलिएन्सर भिसाका नाममा हुने ठगिको आफ्नै दुनिया छ । इजजात लिएका कतिपय म्यानपावरहरुकै माध्यमबाट समेत यसखाले अवैध क्रियाकलाप भईरहेको जानकारी प्राप्त हुने गरेको छ ।
समस्याको सबै कुराको एक निचोड हुन्छ । त्यो निचोड के हो भने जब कुनै देशमा बेथितिले हद पार गर्छ त्यसमा राज्य संचालन गर्नेहरुको भूमिकामाथि प्रश्न उठ्छ । त्यस्तै कयौं प्रश्नहरु वैदेशिक रोजगार क्षेत्रलाई नियमन गर्न बसेका निकायहरुमाथि अझै अनुत्तरित छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बिभागमा तैनाथ हुने अधिकारीहरुको भूमिकामा प्रश्न उठ्ने गरेको बर्षौंदेखि हो । केहि कर्मचारीहरु अख्तियारको फन्दामा पनि परिसकेका छन् तर नीतिगत रुपमा स्पष्ट व्यवस्था भएका विषयमा समेत बिभिन्न बहानाबाजीमा सम्झौता गरेर छुट दिने गरेको कारण वैदेशिक रोजगार क्षेत्रमा बेथिति हदभन्दा माथि पुगेको छ ।
'कानुनी र नीतिगत बिषयमा बिभिन्न प्वाल बनाएर सम्बन्धित निकायकै अधिकारीहरुले म्यानपावर पक्ष, बिचौलिया पक्ष, ठगहरु र उजुरी उपर दोषी देखिएकाहरुसँग बार्गेनिङ गर्ने गरेको र त्यसरी प्राप्त हुने अकुत पैसा माथि सचिव हुँदै मन्त्रीसम्मलाई बाडिन्छ' भन्ने आरोप लाग्दै आएको छ । ठगि र बेथितिको गतिबिधि बिरुद्ध सम्बन्धित निकाय जति जाग्नुपर्ने हो त्यस्ती नजागेर उल्टो जति बेथिती उति फाइदा हुने अदृश्य स्वार्थको गतिबिधिमा लाग्ने गरेको आरोप लगाइन्छ ।
आरोप यतिसम्म कि अहिलेका मन्त्रीले छ महिना भित्र २० करोड कमाउने गरि काम गर्दैछन् भन्नेदेखि बैदेशिक रोजगार बिभागको एक जना कर्मचारीले पाउने घुषको रकम सचिवसम्मलाई पुग्छ भन्नेसम्मको छ । जुन आरोपलाई पुष्टि गर्न कागजात होइन, बजारको अनियन्त्रित अवस्थालाई हेरेर मात्र पनि पुग्ने अवस्था छ । चरम बेथितिकै बीच वैदेशिक रोजगार क्षेत्रमा भएको अशुलीको प्रत्यक्ष असर महंगी र आर्थिक संकटसम्म पर्छ भन्ने हेक्का सरकारी पक्षलाई भएर पनि व्यक्तिगत खाईपाई आएको विषय भएको कारण सबै मौन छन् ।
ठगिको विषयमा आउने उजुरीलाई समेत मेलमिलाप गरेर मिलाउनु भन्दै पठाउने वैदेशिक रोजगार बिभाग र यहाँ-यहाँ समस्या छ भनेर मिडियामा आधार सहितको रिपोर्ट आउँदा समेत मौन रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरु इमान्दार नबनेसम्म वैदेशिक रोजगारको बेथिति सुध्रने अवस्था छैन ।