2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विजय लामाको फिल्म ‘अन्तिम संस्कार’ले तीन दिनमा कति कमायो ?

असार ११, काठमाडौँ | विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’ले घरेलु बक्स अफिसमा कमजोर व्यापार गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनमा तीन लाख ४८ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ ।

कमजोर समीक्षाका कारण यो फिल्मले हलसम्म दर्शक तान्न सकिरहेको छैन । हल सञ्चालकका अनुसार आइतबारदेखि फिल्मको अकुपेन्सीमा गिरावट आएर १० प्रतिशतभन्दा तल पुगेको छ ।

प्रदीप शाही निर्देशित यो फिल्मले सप्ताहन्तमै कमजोर ओपनिङ गरेपछि विकडेजमा झनै कष्टकर हुने प्रक्षेपण गर्न सकिन्छ । विजय लामासहित दीया पुन, त्रिचन्द्र राई, एवनराज उप्रेतीको शीर्ष भूमिका रहेको यो फिल्मलाई मल्टिप्लेक्सले न्यून शो दिएका छन् । भारतीय फिल्म ‘आदिपुरुष’ रोकिंदाको फाइदा यो फिल्मले लिने मौका थियो । तर फिल्मले दर्शकलाई अपील गर्न सकेन ।

यसैबीच, हलमा चलिरहेका अन्य फिल्मले पनि दर्शकलाई आकर्षित गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता