असोज १३, काठमाडौं । गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौं । गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेप"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक स्थायित्व भए क्यानडाबाट १ खर्ब लगानी भित्र्याउन सकिन्छ

२०७३, १३ आश्विन बिहीबार १२:३८

असोज १३, काठमाडौं । गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेपाल ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तरक्रियात्मक कार्यक्रममा बोल्दै काफ्लेले नेपालमा हाईड्रोपावर विकासको अत्यन्तै प्रचुर संभावना रहेकोले त्यसमा लगानी भित्र्याउन सकिने सम्भाव्यता औंल्याए ।

ब्राम्पटन माउण्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष समेत रहेका काफ्लेले नेपाल विकासको लागि प्रचुर संभावनाहरु धेरै रहेकोले सोही बमोजिम लगानीको प्रत्याभुति गराउन सरकारले पहल गर्ने हो भने क्यानडाबाट समेत लगानी आउने विश्वास व्यक्त गरेका छन् । 

उनले अघि थपे,‘अहिले बैंकमा पैसा राखेर बसेका छन्, व्याज घटिरहेको छ ।’ नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट लगानी अत्यधिक मात्रामा भित्रिनेमा आफू पूर्ण विश्वस्त रहेको काफ्लेको भनाई थियो ।

एनएका उपाध्यक्ष समेत रहेका काफ्लेले नेपालमा बलियो कानुनहरुको अभावका कारण मनलाग्दी भएको टिप्पणी गरे । उनले देशको विकास गर्न त्यति गार्हो नभएको समेत दाबी गरे । काफ्लेले थपे,‘हामी रमाईलो गर्नुपर्यो भने सबै दलका नेताहरु एक ठाउँमा बस्छौं अनि रमाईलो गर्छौ, तर जब देश विकास गर्ने कुरा आउँछ अनि हामी विभाजित बन्छौं ।’ देशको विकासको लागि नेता तथा यहाँका राजनीतिक दलहरुले आफ्नो स्वार्थलाईमात्रै हेर्नुहुँदैन, उनले थपे ।

नेपालको विकासको लागि क्यानडामा छरिएर रहेका नेपालीहरुको सिप, अनुभव र क्षमतालाई पनि उपयोग गर्न सकिने उनको भनाई थियो । उनले भने,‘नेपाल र नेपालीहरुको विकासको लागि क्यानडा राम्रो गन्तव्य हो ।’

गत वर्षको बैशाखमा आएको महाभुम्पका बेला क्यानडा सरकारले भुकम्पपीडित १० हजारलाई रोजगारी दिने प्रतिबद्धता गरेपनि अहिलेसम्म त्यो कार्यान्वयन हुन नसक्नुमा नेपालको नै कमजोरी रहेको काफ्लेको गुनासो थियो । 

उनले भने,‘कूटनितिज्ञहरुले राम्रोसँग एप्रोच गर्नुपर्यो नि ।’ उनले आफूहरुलाई त्यसबारेमा जिम्मेवारी र दायित्व दिने हो भने क्यानडा सरकारलाई दबाब दिन सकिने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ