2026-07-26 04:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शृंखला लेख्छिन्- मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको छैन

असार १५, काठमाडौँ | पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकामा पढाइ सकेर स्वदेश फर्किएकी छन् । हार्वर्ड विश्वविद्यालयमा सहरी योजना विषयमा स्नातकोत्तर सकेकी उनी एक महिनाअघि काठमाडौं फर्किएकी हुन् । जहाँ भए पनि श्रृंखलालाई गसिपले पछ्याउन छाड्दैन । उनको निजी र व्यावसायिक जीवन सधैं लाइमलाइटमा रहने गर्छ ।

नेपाल फर्किएपछि पनि श्रृंखला सामाजिक सञ्जालको केन्द्रमा छिन् । यसबीच शुक्रबार उनले इन्स्टाग्राममा लामो स्टाटस पोस्ट गर्दै आफूलाई लिएर चलिरहेका हल्लालाई खण्डन गर्ने प्रयास गरेकी छन् । उनी लेख्छिन्, ‘यदि मैले मेरो सार्वजनिक भाष्यलाई कथाको आकार दिन सक्दिन भने मलाई कुनै आपत्ति छैन । 

श्रृंखला  :

म ठीक एक महिनाअघि नेपाल फर्किएँ । झोलाहरू प्याक गरें, मेरो दुई वर्षको जीवन र तीन सुटकेसलाई लिएर सिंढीबाट ओर्लिएँ । उडान भर्दै २१ घण्टामा घर फर्किएँ । त्यसरी नै मेरो संसार अचानक त्यहीं फर्कियो जहाँ मैले पहिले छोडेको थिएँ । तर यसपटक मात्र म भिन्न थिएँ ।

त्यहाँ धेरै कुराहरू छन् जुन म तपाईंहरू सबैसँग साझा गर्न चाहन्छु । मेरा मायालु शुभचिन्तक र अनुयायी जसले मलाई अघि बढेको र रोकिएको देखेका छन् । जो सामाजिक सञ्जालमा मविरुद्ध हुने घृणा र बदमासीसँगै मेरो साथमा उभिएका छन् । म यो ठाउँमा स्वतन्त्र हुन चाहन्छु तर दुःखको कुरा आज यो बिन्दु आइपुगेको छ, जहाँ म मेरो आफ्नै कथाको स्वामित्व वा नियन्त्रण गर्न सकिरहेको छैन । इन्टरनेटमा भएका जो कोहीले तपाईंको लागि यो गर्न सक्छन् । म यसबाट थकित छु ।

त्यसैले यो सबै कुरा अहिले बाँड्न चाहन्छु । मेरो गति धेरै शान्त र प्रेम, प्रेरणासँगै अघि बढेको छ । म फर्किने बित्तिकै काममा डुबें । म दैनिक एक कडा दिनचर्या पालना गर्छु । थकित हुँदै १० बजे ओछ्यानमा जान्छु र चाँडै उठ्छु । मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको छैन । अफसोस, सामाजिक मिडिया उस्तै भएको छैन । म कृतज्ञ छु कि कम्तीमा म चाहेको बेला यसलाई लगअफ गरेर बन्द गर्न सक्छु । म मेरो वरिपरि भएका मानिसका लागि कृतज्ञ छु, म मेरो अफलाइन जीवन, मेरो वास्तविक जीवनको लागि कृतज्ञ छु ।

यस्तै छ मेरो अहिलेको जीवन । मेरो नजिकको परिवार र साथीहरू । बिहानको पैदल र साँझ पाटन वरिपरि घुम्छु । सम्भावना बोकेको नयाँ सुरुवात । यदि मैले मेरो सार्वजनिक भाष्य (पब्लिक न्यारेटिभ) आकार दिन सक्दिन भने मलाई कुनै आपत्ति छैन । यसले मलाई मेरो करिअर र मेरो व्यक्तिगत जीवनलाई आकार दिने ठाउँ दिएको छ । मैले मानसिक रूपमा लामो समयअघि छोडेको आफ्नो स्वरुपलाई अघि बढाउने अवसर पाएकी छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली