असार १५, काठमाडौँ | गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५, काठमाडौँ | गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रोमानिया घटनाबारे प्रकाश सपुत भन्छन्- मानसिक रुपमा विक्षिप्त बनाएको छ

१५ असार २०८०, शुक्रबार ०९:३९

असार १५, काठमाडौँ | गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने सपुतले पनि माफी दिए । त्यहाँको प्रहरीमा दिएको उजुरी पनि सपुतकै आग्रहमा फिर्ता लिइयो । क्यान बियरको बोतल प्रहारको उक्त घटनाले विश्वभरका नेपाली समुदायमाझ चर्चा पायो ।

यो घटनाको केही दिनमै गायक सपुतले उक्त घटना र त्यसले पारेको असरबारे औपचारिक प्रतिक्रिया दिएका छन् । उक्त घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको भन्दै सपुतले अहिले मानसिक रुपमा आफू विक्षिप्त भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले मानिसलाई मनोरञ्जन प्रदान गर्न, प्रेम र खुसी बाँड्न कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न नसक्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘घट्नासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुन त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिको जीवनमा आइपर्ने यस्ता घटना र किस्सा पढ्दै, सुन्दै आएको हो । तर स्वयं आफू चाहि तयार भइसकेको रहेनछु । भर्खर यात्रा सुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ, तर यस्तो अनेपक्षित घट्नाले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’

कोभिडपछि आफूले पटक-पटक यस्तो डर र एन्जाइटीलाई जित्दै आएको उल्लेख गर्दै मानसिक स्वास्थ्यको पनि कुरा गरेका छन् । उक्त पोस्टमा उनले रोमानियामा रहेको एक इटालियन रेस्टुरेन्टमा काम गर्ने नेपाली कामदारसँगको तस्वीर पनि प्रस्तुत गरेका छन् । सपुतमाथि बोतल प्रहार भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कूटनीतिक नियोगको ध्यानाकर्षण गराएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो