Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

२०८०, १७ असार आईतवार ०७:५८

असार १७, काठमाडौँ | अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । आमेश केही अगाडि मात्र अष्ट्रेलिया भ्रमणबाट फर्किएका हुन् । त्यहि क्रममा कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच प्रेम सम्बन्ध हो ? भनेर प्रश्न सोधेका थिए ।


आमेशलाई समिक्षासँग तपाईको साच्चै प्रेम सम्बन्ध छ त ? भनेर सोधिएको प्रश्नमा आमेशले अहिले प्रेम सम्बन्ध नभएको बताएका छन् ।

‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले त्यस्तो ठान्नु भएकाे हाेला तर, अहिले हामी प्रेममा त छैनौउ पछि के हुन्छ थाहा छैन’ भन्दै आमेशले जवाफ दिए ।

आमेशलाई समिक्षको लागि के भन्ननुहुन्छ भनेर कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले भन्दा आमेशले ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै म राेइिदनसक्छु’ बोलको गीत गाएका छन् ।

त्यसपछि फेरी प्रकाशले आमेशलाई यदि समिक्षाको बुबा आमा केटा माग्दै आउनुभयो भने के तपाई विवाह गर्न तयार हुनुहुन्छ ? भन्दै प्रश्न साेधे । यो प्रश्नको जवाफ दिँदै आमेशले भने,’त्यस्तो भयो भने म त एकदम लक्की हुन्छ, म विवाह गर्छु, मेरो उमेर पनि भयो’ ।

सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच एक एक घण्टामा फोनमा कुरा हुन्छ रे नी त भन्दै अर्को प्रश्न गरे । आमेशले पहिला त धेरै कुरा नहुने बताएपनि पछि हासेर हामी अहिले पनि कुरा गर्छौ भन्दै जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ