2026-07-26 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘रकी और रानी की प्रेम कहानी’ को ट्रेलर सार्वजनिक

असार १९, काठमाडौँ | आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् ।

करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक र आर्थिक पृष्ठभूमिका दुई पात्रको कथावस्तुलाई प्रस्तुत गरिएको छ । फिल्ममा रणवीर सिंहले रकी रन्धावा र आलियाले रानीको भूमिका निर्वाह गरेका छन् । ट्रेलरको सुरुमै रकी र रानीको कार आपसमा ठोक्किएको देखाइएको छ । जसकारण दुवै जना एकअर्कालाई चिच्याउन थाल्छन् र सडकमै झगडा गर्छन् । त्यसपछि रकी र रानी पहिलो पटक औपचारिक परिवेशमा भेटेको देखाइएको छ ।

फिल्ममा रकी रन्धावा रमाइलो पञ्जाबी पृष्ठभूमिबाट आएका छन् भने रानी शिक्षित र बौद्धिक बंगाली पृष्ठभूमिबाट आएकी छन् । ट्रेलरमा दुईबीचको कुराकानीमा केही रमाइलो संवाद पनि सुनिएको छ । दुवैबीचको घनिष्ठता बढ्छ र प्रेममा पर्छन् । तर दुवैको परिवार विवाहमा राजी नभएकाले उनीहरुको प्रेम विवाहमा परिणत हुँदैन ।

यो समस्या समाधान गर्न रकी र रानीले आफ्नो परिवार छोडेर तीन महिना एकअर्काको परिवारसँग बस्ने निर्णय गर्छन् । यस क्रममा उनीहरु एकअर्काको परिवारलाई प्रभावित गर्न सक्दो प्रयास गर्छन् । तर यस अवधिमा उनीहरूले आफ्नो पालनपोषण र जीवनशैलीमा ठूलो भिन्नता रहेको महसुस गर्छन् । ट्रेलरमा फिल्मका गीतलाई पनि स्थान दिइएको छ । यससँगै ट्रेलरमा आलिया पनि दुलहीको लुकमा देखिएकी छिन् । फिल्म आगामी साउन १२ गते हलमा रिलिज हुँदैछ । यो फिल्मबाट करण जोहर ६ वर्षपछि निर्देशकको रुपमा फर्कंदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली