2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘धुर्मुस’लाई प्रश्न : हिजोआजका टेलिश्रृङ्खला कस्तो लाग्छ ?

साउन १५, काठमाडौँ | लोकप्रिय हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट दर्शकमाझ प्रिय बनेका अभिनेता हुन् सिताराम कट्टेल ‘धुर्मुस’ ।

लामो समय उक्त सिरियलमा सक्रिय रहँदा उनले थुप्रै चरित्रहरू निर्वाह गरेका थिए । ‘धुर्मुस’ कुञ्जना घिमिरे ‘सुन्तली’का साथ सामाजिक कर्ममा होमिएपछि ८ वर्षयता टेलिसिरियलमा देखिएका छैनन् । उनी दर्शक बनेर अहिलेका टेलिसिरियल हेरिरहेका भने छन् । 

हिजोआजका टेलिसियलमा कतिपयले स्तरीयता खस्किएको समेत गुनासो गर्ने गरेका छन् । जबरजस्ती हँसाउने चक्करमा हास्य सिरियलहरू निर्माण भइरहेको गुनासो कतिपयले गर्ने गरेका छन् । धुर्मुसलाई चाहिँ कस्तो लाग्छन् त हिजोआजका टेलिसिरियल ? उनले जवाफ दिए, ‘यस्तो उस्तो भन्दा पनि मलाई यति थाहा छ कि अहिले क्षमतावान व्यक्तिहरू आउनुभएको छ । मात्रै, उहाँहरूले पस्किने चिजहरूमा चाहिँ मेहनत गर्नलाई विभिन्न कुराहरूले अप्ठयारो पर्यो होला भन्ने लाग्छ ।’ 

‘धुर्मुस’ले पहिले डमी हेरिसकेपछि मात्रै सिरियलहरू प्रसारणका लागि पास हुने गरेको स्मरण गरे । ‘त्यतिखेर प्लेटफर्म त्यति धेरै हुँदैनथे । जहाँबाट सिरियलहरू आउँथे, त्यहाँबाट कुन विषयवस्तु रोज्ने, कस्तो बनाउने ? डमीहरू हेरिसकेपछि मात्रै पास हुन्थ्यो’ उनले भने, ‘पुगेन भने फेरि यो थपेर ल्याउनुस्  भनिन्थो । त्यसले गर्दा क्रियटरलाई पनि अझ राम्रो सिर्जना पस्किने, अझ राम्रो गरौं भन्ने हुन्थ्यो ।’

उनले अगाडि थपे, ‘अहिले प्लेटफर्महरू धेरै छन् । तिनलाई सेन्सर गर्ने ठाउँहरू पनि पहिलेजस्तो छैन । त्यसमाथि हतारमा काम गर्नुपर्ने अवस्था पनि अहिले देखिन्छ ।’

सिरियलमा विषयवस्तु उठान गर्न आर्थिक कुराले पनि प्रभाव पार्ने उनी बताउँछन् । 

‘आर्थिक मन्दीले गर्दा बजेटका कुराहरू आउँछन् । सुटिङ गर्न टेक्नोलोजी एकदमै हाइ छ । विषयवस्तु उठान गर्न आर्थिक कुरामा पनि भर पर्छ’ उनले भने, ‘मज्जाले स्रोत हुने भएदेखि सिर्जना गर्ने व्यक्ति एकसेएक हुनुहुन्छ । यद्यपि, विभिन्न बाध्यताले गर्दा ‘ल्याक’ भयोहोला भन्ने लाग्छ ।’ 

यतिबेला धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’को लेखन, निर्देशन एवं अभिनय रहेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ले दर्शकको माया पाइरहेको छ । यो फिल्मलाई ३३ लाख बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता