पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन १७, काठमाडौँ |</b> स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलबाट ५८ वर्षीय टोलीपाल राना कालीगण्डकीमा हाम्फालेका छन् । <br></p><p>मंगलबार साँझ हाम्फालेका टोलीपालको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । राना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ कोटाकोटबेशीका स्थानीय हुन् ।</p><p>बेपत्ता टोलीपालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पदमराज थापाले जानकारी दिए । </p>

