२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

आँखा पाक्ने रोग के हो ? लागिहाले के गर्ने ? जानी राखौ

२१ श्रावण २०८०, आईतवार ०८:२०

काठामाडौँ | मौषम परिवर्तनसँगै वर्षा याममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ। कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्ने प्राय मानिसहरुमा पाइएको छ। विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ।

धेरैजसो बालबालिकाहरुमा महामारीकै अवस्था पनि छ। यसको मतलव यो होइनकी बालबालिकामा मात्र हुन्छ, जुनसकै उमेर समूह, महिला-पुरुष सबै उमेर समूहका मानिसमा हुन्छ।एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौषम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ। वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ। ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु हुन्।

प्रमुख लक्षणहरु

१) एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने

२) आँखा धेरै चिलाउने तथा आँखा टाँसिने

३) आँखाबाट बारम्बार पानी बगिरहने

४) आँखामा कचेरा लाग्ने तथा टाँसिने

५) आँखाबाट आँसु बगिरहने

६) आँखा सुन्निने

७) आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ।

८) कहिलेकाँही रुघा खोकी लाग्न सक्छ।

९) कान तथा घाँटीको छेउमा सुनिन पनि सक्छ।

यस्तो समस्या भएमा के गर्ने ?

१. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ तर आँखा भित्र पानी पार्नु हुँदैन।

२. आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने

३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राख्ने। अरुलाइ प्रयोग गर्न तथा छुन नदिने

४. सके सम्म सगै नसुत्ने भिड भाड हुने ठाउहरुमा नजाने

५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने धुने

६. कालो चस्माको प्रयोग गर्ने

७. टिभीको रिमोट, मोबाइल, ल्यापटप सबै जसोले प्रयोग गर्दछौं, घरमा सबैको लागि साझा पनि हुन र यी कुराहरु हामीले सफा पनि गर्न सक्दैनौं। यी सामानहरु सबैले छुने हुनाले एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने प्रमुख कारण यो पनि हो।

उपचार तथा सावधानी :

यदि कसैमा यस्तो किसीमकोझ आँखामा समस्याहरु देखा परेमा आत्तिनु हुँदैन, सानो सावधानी अपनाउदा ठूलो समस्याबाट बच्न सकिन्छ। साधरणजसो यसको असर दुई हप्ता जति रहन सक्छ। तर कसै कसैमा लामो समयसम्म पनि रहन सक्छ। आँखाको नानीमा असर गर्न पनि सक्छ, आँखाको नानीमा असर गर्यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गार्हो हुन्छ। आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्यासम्म पनि गराउन सक्छ। आँखाको दृष्टि कम हुने तथा घाममा हेर्न नसक्ने जस्ता लक्षणहरु पनि हुन सक्दछ।

यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई भएमा सावधानी अपनाउनु पर्दछ। नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई उपचार गराइ चिकित्सक तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्नु पर्दछ। जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन। जथाभावी औषधिको प्रयोगले आँखामा नराम्रो असर गर्न सक्छ। तसर्थ चिकित्सकको सल्लाह बमोजिम मात्र औषधिको प्रयोग गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो