२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

कुन ड्राई फ्रुट भिजाएर खाने, सिधै खाँदा के हुन्छ ?

२०८०, २२ श्रावण सोमबार ०६:५०

काठमाडौँ | ड्राई फ्रुट पोषक तत्त्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ । यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी १२, भिटामिन डी, भिटामिन इ जस्ता थुप्रै माइक्रोन्युट्रियन्ट्स हुन्छन् जसले शरीरलाई ऊर्जा दिन्छ र सधैँ स्फूर्त रहन सहयोग गर्छ । तपाईंले बिहान ड्राई फ्रुट खानुभयो भने दिनभरि ऊर्जावान् रहनु हुनेछ । तर ड्राई फ्रुटलाई भिजाएर खाने कि सिधै खाने भन्ने धेरैको प्रश्न रहन्छ । त्यसैले आज हामी तपाईंलाई भिजाएको ड्राई फ्रुट फाइदाजनक हो कि सुख्खा भन्ने बारे जानकारी दिँदै छौँ  । 

सुख्खा कि भिजाएको ?

ड्राई फ्रुटलाई पानीमा भिजाउँदा यसमा भएको फायटिक एसिडको तत्त्व कम हुन्छ । फायटिक एसिड पेटका लागि निकै हानिकारक छ । भारतकी क्लिनिकल डायटिसियन शिखा कुमारीले बताए अनुसार धेरैजसो ड्राई फ्रुट्समा ओमेगा ग्री फ्याटी एसिडका साथै एसेन्सियल नेचुरल तत्त्व जस्तै आइरन, प्रोटिन, क्याल्सियम र जिंक पाइन्छ । यी तत्त्वलाई शरीरले त्यतिबेला अवशोषण गर्छ जब यो भिजेको अवस्थामा हुन्छ । अर्थात्, यदि बदाम भिजाइन्छ भने यसमा भएका पोषक तत्त्व बढी प्राप्त गर्न सकिन्छ । यस्तै, भिजाएको बदाममा फायटिक एसिड हुँदैन । यो फायटिक एसिड अपचको कारण बन्न सक्छ । त्यसैले भिजाएको बदामले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसका साथै भिजाएको बदाममा टेनिन पनि हुँदैन । यसले गर्दा बदामको स्वाद पनि बढ्छ । 

यी ड्राई फ्रुटलाई भिजाएर खाँदा बढी फाइदाजनक

१. बदाम

टाइम्स अफ इन्डियाको खबर अनुसार बदामलाई ६ देखि ८ घण्टा भिजाएपछि मात्रै खानुपर्छ । यसो गर्दा बदाममा भएका सबै शक्ति शरीर भित्र प्रवेश गर्नेछ । बदाममा भिटामिन इ, एन्टिअक्सिडेन्ट्स र एसेन्सियल ओयल भरपुर मात्रामा पाइन्छ । पानीमा भिजाएपछि यसको फायटिक एसिड गायब हुन्छ । यो मुटुका लागि निकै स्वस्थ हुन्छ । 

२. ओखर

ओखरलाई पनि भिजाएर खानुपर्छ । ओखरमा विभिन्न खालका फ्याटी एसिड, प्रोटिन र विभिन्न खालका मिनरल्स पाइन्छन् । तौल घटाउनका लागि ओखरको सेवन निकै फाइदाजनक हुन्छ । यसलाई दूध पा सफा पानीमा भिजाएर खानुपर्छ ।

३. किसमिस

किसमिस नरम हुन्छ तरपनि यसलाई भिजाएर खाँदा बढी फाइदाजनक हुन्छ । किसमिसको प्रभाव तातो हुन्छ त्यसैले यसलाई भिजाएर खाँदा यसको गर्मीको असर कम हुन्छ । यस्तै भिजाएको किसमिस पेटका लागि पनि निकै फाइदाजनक हुन्छ । 

४. अंजिर

अंजिरको प्रभाव पनि तातो हुन्छ । यसमा फाइबरको मात्रा प्रशस्त हुन्छ । यसमा फ्याट हुँदैन र कार्बोहाइड्रेटको मात्रा पनि सन्तुलित हुन्छ । त्यसैले यसले कोलेस्ट्रोललाई कम गर्छ । ड्राई फ्रुटमध्ये अंजिर असाध्यै शक्तिवर्धक हुन्छ । तर यसलाई पानीमा भिजाएर खाँदा बढी फाइदा मिल्छ । यसले रक्तचापलाई समेत नियन्त्रण गर्छ ।

५. खजुर

खजुर यसै पनि चिपचिपे हुन्छ त्यसैले धेरैले यसलाई यत्तिकै खान्छन् तर यदि तपाईं यसलाई दूध वा पानीमा भिजाएर खानुहुन्छ भने यसले शरीरलाई थुप्रै गुणा फाइदा प्रदान गर्छ । खजुरमा अर्गानिक सल्फर पाइन्छ जसले मौसमी फ्लुलाई कम गर्छ । यसका साथै यसले मुटु रोग र नसा सम्बन्धी रोगमा निकै फाइदा दिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते