2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सय करोड क्लबमा आलिया र रणवीरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’

एजेन्सी | बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

जुलाई २८ अर्थात साउन १२ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले आइतबार १३ करोड ५० लाख भारू कमाउँदै सय करोड क्लबमा समावेश भएको हो। भारतसँगै फिल्मले अन्य देशमा पनि राम्रो व्यापार गरिहेको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा १०५ करोड ८ लाख भारू कमाएको छ।  

११ करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १६ करोड ५ लाख, तेस्रो दिन १८ करोड ७५ लाख, चौथो दिन ७ करोड २ लाख, पाँचौं दिन ७ करोड ३० लाख, छठौं दिन ६ करोड ९० लाख, सातौं दिन ६ करोड २१ लाख, आठौं दिन ६ करोड ७५, नवौं दिन ११ करोड ५० लाख र दशौं दिन १३ करोड ५० लाख भारू कमाएको हो। यो फिल्मले विश्वभरबाट २०९ करोड ५० लाख कमाएको छ। फिल्मको बजेट १६० करोड बताइएको छ। 

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। यसअघि उनले ‘ए दिल हे मुस्किल’ निर्देशन गरेका थिए। हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता