२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिरासतमुक्त भएपछि बालकोट पुगेका कांग्रेस सांसद शर्माले भने- अब शेरबहादुर दाइ र ओली बालाई प्रधानमन्त्री बनाउने हो

२०८०, २८ श्रावण आईतवार ०७:३९

साउन २८, काठमाडौँ | नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बालकोट पुगेका छन् । अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।

उनले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए । शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।


उनले भने, ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन । कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाई, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’

उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।

उनले भने, ‘चुनावअघि गठबन्धन गर्दा हाम्रो धेरै साथीहरूको राजनीतिक हत्या भयो । हाम्रो पक्ष गठबन्धनको पक्षमा थिएन पार्टीभित्र पनि । अहिले हामी जति प्रचण्डको नेतृत्वमा बस्छौं त्यति कांग्रेस खिइन्छ ।’

उनले गृहमन्त्रीले माफी दिँदै राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिए । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनाका राख्न नपर्ने आदेशपछि शर्मा छुटेका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशमा छुटेपछि शर्माले केपी ओली राष्ट्रनायक भन्दै जिन्दावादको नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना