2026-07-11 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रमेश लेखकले भने – हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन

साउन २८, काठमाडौँ | नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले सरकार फेरबदलबारे कुनै कुरा नभएको बताएका छन् । शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि आइतबार पत्रकारहरुसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्। 

‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने,  ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ।’ तीनमा सरकार फेरबदलको विषय नपर्ने उनको भनाइ छ । उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरुले बोलिसकेको बताए ।

‘आज पनि बोल्ने क्रममा जारी छ। भोलि पनि ११ बजे फेरि बस्छौँ’, भोलि संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय पारित गर्छौँ,’ उनले भने, ‘कुरा धेरै विषयमा उठेको छ। सबै विषयहरुलाई समेटेर निर्णय पारित गर्छौँ।’ 

कांग्रेस बैठकमा सांसदहरुले सुन तस्करीमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने आवाज उठेको छ । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या