2026-07-11 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल फर्किने योजना छैन, हिम्मत पनि छैन भनेपछि युरोप भ्रमण छोट्याएर फर्किएँ: माधव नेपाल

साउन २९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। सोमबार बिहान अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्।

पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताए। आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेको पनि उनले बताए।

‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ,’ उनले भने, ‘कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ।’

आफू कम बोल्ने र बोलिसकेपछि तह लगाएरै छाड्ने स्वभावको भएको अध्यक्ष नेपालको भनाइ छ।   अध्यक्ष नेपालले आफू दुई/तीन दिनअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट भनेका बेला काट्न नसकिएको बताए।

‘विदेशमा रहेका साथीहरूले कार्यक्रममा बस्न नपाएपछि चित्त पनि दुखाउनुभयो। म के गरूँ, विभिन्नले लेखिरहेका छन्। साँच्चै हो कि क्या हो भन्ने पनि कतिपयलाई पर्ला, पटकपटक समाचार आएपछि म स्वदेश फर्किएँ,’ उनले भने, ‘म फर्केर आउँदाको सन्देश अर्कै हुन्छ। चुनौतीको सामाना गर्ने ढंगले फर्किएँ।’

उनले थप दुई देश भ्रमणको योजना रद्द गरिएको पनि बताए। उनले आफूले कुनै बदमासी नगरेको पनि बताएका छन्।

‘मैले केही बिराएको छैन, बदमासी गरेको छैन। कुनै अपराध गरेको छैन,’ उनले भने, ‘कुनै भ्रष्टाचार गरेको छैन। कुनै लेनदेन गरेको छैन। म आत्तिएको छैन। तर अलिअलि चित्त दुखेको छ। देशका लागि केही गर्छु भनेको हो।’

उनले ललिता निवास प्रकरणमा छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने पनि बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानको घेरामा तानिने देखिएको हो। अदालतले आदेश दिएको भोलिपल्ट अध्यक्ष नेपाल विदेश गएपछि कतिपयले विदेश जान दिइएको भन्दै सरकारको पनि आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या