२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करी: सूचना दिने सुराकीले कति पाउँछन् पुरस्कार ?

२०८०, ३० श्रावण मंगलवार १२:३५

साउन ३०, काठमाडौँ | अन्ततः असार ३० गते हङकङबाट तस्करी गरेर ल्याएको सुनको परिमाण खुलेको छ । साउन २ गते समातेको सुनको परिमाण त्यसको २८ दिनपछि खुलेको हो ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार सुन जोखेपछि ६० किलो ७१६ ग्राम सुन रहेको पाइएको छ ।

यससँगै, सुन तस्करी भइरहेको सूचना दिने सुराकीले पाउने पुरस्कार रकम समेत टुंगो लागेको छ । राजश्व अनुसन्धान विभागले पाएको सूचनाका आधारमा सुन सिनामंगलबाट समातिएको थियो । सुन गाल्ने र जोख्ने प्रक्रिया सम्पन्न भएसँगै सुराकीले पाउने पुरस्कार समेत टुंगो लागेको हो ।

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन (संशोधन)को दफा २९ मा सुराकीले पाउने रकमको बारेमा खुलाइएको छ । सो व्यवस्थाअनुसार सुराकीले १० प्रतिशत वा ५० लाखमध्ये जुन कम हुन्छ सोही बराबरको रकम पाउनेछ ।

यस्तै, तस्करीबाट ल्याइएको उक्त सुन नेपाल राष्ट्र बैंकले नै किन्ने छ । यसका लागि राजश्व अनुसन्धान विभागलाई सो सुनको बजार मूल्यभन्दा ५ प्रतिशत बढी मूल्यको रकम दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना