2026-07-11 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

साउन ३१, धनुषा । बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।

मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी जवान चौधरीलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले आरोपित प्रहरी जवानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।


आरोपी जवानलाई संरक्षण नगर्न खबरदारी गर्दै स्थानीय वासिन्दाले मिथिला नगरपालिका-९ ललागढस्थित प्रहरीचौकी घेराउ र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । पौने १२ बजेदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेको वडा नं. ९ का वडाध्यक्ष सविनविक्रम थापाले बताए ।

थापाका अनुसार प्रहरीको ड्रग शाखामा कार्यरत रुपेश चौधरीसहित दुई जना प्रहरी कर्मचारी गाउँ आएका थिए । त्यतिबेला बालिकालाई बोलाएर यौन दुर्व्यवहार गरेको उनको भनाइ छ ।

राति नै ती प्रहरी जवानलाई प्रहरी अधिकृतको उपस्थितिमा सार्वजनिक माफी माग्नुपर्ने र कानुनी कारबाही गर्नुपर्ने भन्दै स्थानीयले माग राखेका थिए । तर मादक पदार्थ सेवन गरेको वा नगरेको स्वास्थ्य जाँच गराएर ल्याउने भनेपनि हालसम्म चौकीमा नल्याएको भन्दै राजमार्ग अवरुद्ध गरेको वडाध्यक्ष थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या