२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन महिने अभियानपछि माओवादी सबैभन्दा ठुलो शक्ति भएर उदाउँछ : प्रचण्ड

२०८०, ३२ श्रावण बिहीबार ११:२०

साउन ३२,  काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको जिकिर गरेका छन् ।

बिहीबार २० औं दोरम्बा हत्याकाण्डको स्मृति सभा रामेछापमा बोल्दै उनले देशमा देखिएको व्यापक वेथिति र विक्रितिको अन्त्य गर्न सरकारले चालेको कदमबाट अत्तालिएकाले विपक्षीले विभिन्न भ्रम छरिरहेको आरोप लगाए । 


‘सरकार सामाजिक न्यायसहित सुशासन र समृद्धिको अभियानमा दृढ संकल्प लिएर अघि बढेको छ । यसबाट आत्तिएका विरोधीहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ता भ्रमको पछाडि नलाग्न म आग्रह गर्छु’, उनले भने । 

उनले गठबन्धन दलहरूबीच कुनै दरार नभएको भन्दै  सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकताबद्ध भएर लागेको बताए । सामन्ती राज्यसत्ताविरूद्ध जनयुद्धमा आफू जुन जोश र सक्रियताका साथ लागेको थिएँ, जीवनको उत्तरार्द्धमा पनि सोही जोसका साथ समाजवादको यात्रामा लाग्ने उनले प्रतिबद्धता जनाए । 

प्रचण्डले तीन महिने अभियानले जनतासँग माओवादीको सम्बन्ध स्थापित हुने र त्यसपछि ठुलो शक्ति भएर उदाउन  दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना