2026-07-11 03:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपाका अध्यक्ष लिङ्देन साउदी प्रस्थान

भदौ ५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आज बिहान साउदी अरब प्रस्थान गरेका छन्।   भातृसंगठन  प्रवासी नेपाली एकता समाजको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी साउदी अरब गएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

अध्यक्ष लिङ्देन साउदी अरबका प्रमुख सहरहरू जेद्दा,दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने,राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुनेछन् |

त्यसपछि  लिङ्देन युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट गर्ने, राजदूतावासका अधिकारीसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। 

अध्यक्ष लिङ्देन भदौ १२ गते स्वदेश फर्कने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या