११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जग्गासम्बन्धी काम भौतिक योजना मन्त्रालयको कार्य क्षेत्र होइन : विजयकुमार गच्छदार

७ भाद्र २०८०, बिहीबार १२:१३

भदौ ७, काठमाडौँ | ललिता निवास प्रकरणमा प्रतिवादी बनाउन सिफारिस भएका तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जग्गासम्बन्धी काम कारबाही भौतिक योजना तथा निर्माण मन्त्रालयको कार्य क्षेत्र नभएको बताएका छन् ।

सरकारी वकिलले लिएको बयानमा गच्छदारले जग्गासम्बन्धी काम भूमिसुधार मन्त्रालयको भएको उल्लेख गरेका छन् । उनी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री पनि थिए ।

गच्छदारले भनेका छन्, ‘तत्कालीन भौतिक योजना मन्त्रालयका सचिवले पेश गरेको प्रस्तावलाई सैद्धान्तिक सहमतिको लागि मन्त्री परिषदमा पेश गर्ने प्रस्तावलाई मैले मन्त्री परिषदमा पठाउने सहमति दिएको हुँ । जग्गासम्बन्धी काम कारबाही भौतिक योजना तथा निर्माण मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने विषय होइन ।’

यस्तो छ गच्छदारको बयानः

म मिति २०६६/०२/११ गते देखि२०६७/१०/२२ गते सम्म उप प्रधानमन्त्री र भौतिक योजना तथा निर्माण मन्त्रीको पदमा बहाल रहेको थिएँ । मिति २०६६/१२/१९ र मिति २०६७/०३/२८ गतेको टिप्पणी आदेश देखाउँदा देखि पाएँ, सवालमा उल्लेखित टिप्पणीलाई सदर भनी मिति २०६६/१२/१९ गते समेतमा गरेको दस्तखत मेरो हो, हेरी चिन्ही सनाखत समेत गरी दिएँ ।

तत्कालीन भौतिक योजना मन्त्रालयका सचिवले पेश गरेको प्रस्तावलाई सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषदमा पेश गर्ने प्रस्तावलाई मैले मन्त्रिपरिषदमा पठाउने सहमति दिएको हुँ । जग्गासम्बन्धी काम कारबाही भौतिक योजना तथा निर्माण मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने विषय होइन । तत्कालीन सचिवले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदमा पेश गर्नको लागि सहमति मात्र प्रदान गरेको हुँ ।

यस सम्बन्धमा मैले सम्मानित विशेष अदालतमा गरेको बयानको प्रतिलिपी यसै साथ पेश गरेको छु, उक्त बयान समेतलाई आधार मानी पाउँ । जग्गा सम्बन्धी विषय भूमिसुधार मन्त्रालय सँग सम्बन्धित बिषय हो । यो भौतिक योजना मन्त्रालयसँग सम्बन्धित विषय होइन । मन्त्री समक्ष पेश गर्ने प्रस्तावलाई प्रचलित ऐन कानूनको परिधि भित्र रही कानून सम्मत ढंगबाट तयार गरी ल्याउने जिम्मेवारी स्थायी सरकारको रुपमा रहेका कर्मचारीको हो, कर्मचारीहरु प्रति मेरो पुर्ण विश्वाश रहेको छ ।

विभिन्न तहका कर्मचारीहरुले तहगतरुपमा उठाएको टिप्पणी र प्रस्ताव प्रचलित ऐन कानूनको परिधि भित्र रही नियमसंगत ढंगबाट प्रस्ताव तयार पारी पेश गरे भनी पूर्ण विश्वस्त भई मन्त्री परिषद समक्ष प्रस्ताव पेश गर्न स्वीकृती दिएको हुँ । उल्लेखित विषयका सम्बन्धमा टिप्पणी प्रस्ताव उठाउने कर्मचारीहरु नै पुर्ण रुपमा जिम्मेवार रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा