असोज  १७, इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । 

रेडपाण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज  १७, इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । 

रेडपाण"/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

रेडपाण्डाको तस्करी नियन्त्रणका लागि एप्लिकेसनको प्रयोग

असोज  १७, इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । 

रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत सबै विवरण भरेर रेडपाण्डा नेटवर्कको केन्द्रीय कार्यालयमा पठाउन थालेका छन् । 

इलाममा १४ जना वन अभिभावकलाई सात वटा, पाँचथरमा १२ जनालाई छ वटा र ताप्लेजुङमा २८ जना वन अभिभावकलाई १४ वटा मोबाइल वितरण गरिएको रेडपाण्डा नेटवर्कका सुमित गौतमले बताउनुभयो । मोबाइल एप्लिकेसन प्रयोगका लागि भने रेडपाण्डा पाइने जङ्गल जानुपर्ने हुन्छ । एप्लिकेसनसँगै जिपिएसको समेत प्रयोग हुन थालेको छ । 

वन अभिभावक पनि मोबाइलबाट रेडपाण्डाको अनुगमन हुने भएपछि चोरी निकासी नियन्त्रण गर्न सकिनेमा ढुक्क भएका छन् । ‘मोबाइलबाट काम गर्दा छिटो हुने र प्रभावकारी हुन्छ,’ वन अभिभावक अर्जुन राईले भन्नुभयो । 

रेडपाण्डा संरक्षणका लागि इलाममा उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्था, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले नियमित अनुगमन र रेखदेख गरिरहेका छन् । रेडपाण्डा नेटवर्क नेपालबाट सन् २०११ देखि समुदायमा आधारित रेडपाण्डा संरक्षण परियोजना सञ्चालन भइरहेको छ । संरक्षणसम्बन्धी चेतना फैलाउन तीन वटै जिल्लाका विभिन्न विद्यालयमा रेडपाण्डा शिक्षा सुरू गरिएको छ । इलामको पुवामझुवा, माइमझुवा, माइपोखरी, माबु, जमुना, प्याङ, जोगमाई, नयाँबजारलगायतका गाविसमा रेडपाण्डा पाइन्छ । 

यसअघि पनि रेडपाण्डा संरक्षणका लागि क्यामेरा जडान गरिएको थियो । तर तस्करले क्यामेरा फुटाएर रेडपाण्डा तस्करी गर्न थालेपछि एप्लिकेसनको प्रयोग थालिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका कृष्ण राईले भन्नुभयो । इलाम, पाँचथर र ताप्लेजुङमा करिब अढाई सय भन्दा बढीको सङ्ख्यामा रेडपाण्डा रहेको अनुमान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो