2026-07-11 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

युक्रेनले निर्माण गर्‍यो ७०० किलोमिटर टाढासम्म पुगेर मार हान्न सक्ने हतियार

भदौ १५, काठमाडौं | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले लामो दूरीमा मार हान्न सक्ने हतियार निर्माण गरेको बताएका छन् । बिहीबार राति जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले नयाँ हतियारले ७०० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्न सक्ने उल्लेख गरे ।

हालैमात्र रुसको पेस्कोभ शहरको एक विमानस्थलमा आक्रमण हुँदा चारवटा रुसी सैन्य कार्गो विमान नष्ट भएका थिए । रुसले त्यसबेला युक्रेनले विमानस्थलमा ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो । पेस्कोभ शहर युक्रेनको सीमा क्षेत्रबाट ७०० किलोमिटर टाढा नै पर्छ । यतिबेला जेलेनस्कीले आफ्नो नयाँ हतियारले ७०० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्ने बताएपछि युक्रेनले नै त्यहाँ आक्रमण गरेको आशंका गरिएको छ ।

जेलेन्स्कीले बिहीबार राति युक्रेनले कस्तो नयाँ हतियार भनेर खुलाएको छैनन् । उनी भन्छन्, ‘हाम्रो नयाँ युक्रेनी हतियारको दायरा ७०० किलोमिटरसम्मको छ । अबको हाम्रो काम अझ परसम्म पुगेर आक्रमण गर्ने हतियार बनाउनु हो ।’

युक्रेनले पश्चिमा राष्ट्रहरूबाट हतियार पाएता पनि लामो दूरीमा आक्रमण गर्न सक्ने हतियार पाएको छैन । युक्रेन आफैँले टाढासम्म पुगेर आक्रमण गर्न सक्ने हतियार बनाएको दाबी गरेपछि यसले पक्कै पनि रुसविरुद्धको युद्धमा युक्रेनलाई फाइदा पुग्नेछ ।

त्यसो त अमेरिका डेनमार्क र नेदरल्यान्ड्सले युक्रेनलाई एफ-१६ लडाकु विमान दिने घोषणा गरिसकेको छ । यतिबेला युक्रेनी सेनाले एफ-१६ विमान उडाउन प्रशिक्षण लिइरहेका छन् । यो विमान सन् २०२४ को सुरुवातसँगै युद्धमा प्रयोग हुनेछन् ।

शक्तिशाली हतियारहरूले रुसलाई पाठ सिकाउन आफूहरू सफल हुने जेलेन्स्कीको दृढ विश्वास छ । यसअघि जेलेन्स्कीले रुसविरुद्ध निर्णायक जवाफी कारबाही थालेको पनि बताएको थियो । पश्चिमा राष्ट्रको हतियारले चाँडै नै रुसी सेनालाई युक्रेनबाट हटाउने उनको विश्वास थियो ।

तर, रुसी सेनाले कडा प्रतिकार गरेपछि युक्रेनी सेनाको जवाफी कारवाही कमजोर सावित भइसकेको छ । -अल जजिराको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या