2026-07-11 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पहिलोपटक माधवजी निर्दोष भन्ने सावित भयो: प्रचण्ड

भदौ १५, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार जग्गा प्रकरणमा निर्दोष सावित भएको बताएका छन्। औपचारिक ढंगले सावित भएकाले अब फेरि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ छ।

शुक्रबार पोखरामा भएको समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘माधवजीको बारेमा धेरै प्रश्नहरुे के हो कसो हो भनेर बढी नै आयो । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने सावित भयो। औपचारिक रुपले सावित भयो। अब फेरि प्रश्न उठाउने ठाउँ रहेन। किनभने सिआइबीले अन्तत के हो भनेर उहाँको वयान त लियो । वयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएपछि उहाँ निर्दोष हुनुभयो।’

प्रचण्डले माधवकुमारको नाम जोडिएपछि आफूलाई पनि टेन्सन भएको सुनाए। प्रचण्डले आफ्नालाई बचाएर अरुलाई पार्छन भन्ने भ्रमहरु धेरै छर्ने कोसिस भएको बताए।

‘यो अभियान सानो मनले, सानो विचारले, सानो उदेश्यले महाअभियना सुरु गरिएको होइन । सबै अनुसन्धान कर्तालाई भनेको छु तपाईहरु अनुसन्धान निष्पक्ष रुपमा गर्दै जानु । बाटोमा प्रचण्ड देख्नु भयो भने पनि नछोड्नुस् भन्याछु प्रधानमन्त्रीको हैसियतले’, उनको भनाइ थियो । माओवादीका नेताहरु परेपनि नछाडिने उनको दाबी छ । दोषि कोही नछुट्ने र निर्दोष नफस्ने उनले पोखरामा पनि दोहो¥याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या