2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अग्रिम टिकट बुकिङमा ‘जवान’ ले तोड्यो ‘पठान’ को रेकर्ड

भदौ १७, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै ‘जवान’ ले नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ। भने विश्वव्यापी रूपमा ४ लाख २५ हजार टिकट बुकिङ भइसकेको छ। 

अग्रिम टिकट बुकिङमा शाहरूखले आफ्नै फिल्म ‘पठान’ को रेकर्ड तोडेका छन्। उनको फिल्म ‘पठान’ को २४ घन्टामा १ लाख १७ हजार टिकट बुकिङ भएको थियो। 

‘जवान’ को यसरी नै टिकट बुकिङ भयो भने एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्ने अनुमान गरिएको छ। ‘बाहुबली २’ को विश्वव्यापी रूपमा  ६ लाख ५० हजार अग्रिम टिकट बुकिङ भएको थियो। 

एटली कुमारले निर्देशन गरेको फिल्म ‘जवान’ मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखाइनेछ। 

गौरी खानको लगानी रहेको फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्। 

जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता