२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘एक भगवत् गीता’ विवादबारे दीपकराजको आपत्ति भन्छन्– नामकै कारण चलचित्र रोक्नु जायज हैन

२२ भाद्र २०८०, शुक्रबार ०७:५८

भदौ २२, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनको हस्तक्षेप र चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएको विषयमा कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्।

उनले शुक्रबार फेसबुक पोस्टमार्फत् नामकै कारण चलचित्र रोक्नु जायज नभएको बताए।

उनले फिल्मकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र अभिनेत्री सुहाना थापासँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘उहाँहरू भगवान श्रीकृष्णको धेरै भक्ति गर्नु हुन्छ। उहँहरूले बनाएको फिल्म एक भगवत गीता अहिले सेन्सरको चपेटामा परेको छ। स्वयम् एक भक्तले बनाएको फिल्ममा, धर्मको खिल्ली उडाए भनेर कसरी पत्याउनु? यदि नामकै कारण मात्रै हो भने चलचित्र रोक्नु जायज होला र?’

दीपकले नेपालको चलचित्र उद्योगमा एकताको अभाव भएकाले अरुको बारेमा बोल्न कोही बोल्न नचाहेको गुनासो गरे। उनले बलिउडको उदाहरण दिँदै भने, ‘ बलिउडमा एउटा फ़िल्म ब्लकबष्टर हूदाँ पूरा उद्योग खुसी मनाउँछ।  यहाँ कुनै फिल्म ब्लकबष्टर भो भने पूरा उद्योग शोकमा डुब्छ….!’

उनले अन्यायविरुद्ध बोल्दा गाली खाइए पनि बोल्न नछाड्ने बताए। ‘संघ संस्था राजनीति गर्ने मञ्च र अधिकार बिहीन विकास बोर्ड जागिर खाने थलो मात्रै नहोस। केही गरौँ, रिलिज नरोकौँ,’ उनले लेखेका छन्। 

दीपकको पोस्टलाई सेयर गर्दै अन्य चलचित्रकर्मीहरूले पनि यसविरुद्ध आवाज उठाएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य