2026-09-19 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

जवानले दुई दिनमै कमायो १२८ करोड

भदौ २४, काठमाडौँ | बलिउड अभिनेता शाहरुख खानको नयाँ चलचित्र जवान बिहिबारबाट विश्वव्यापी रिलिज भएको छ । यो फिल्मले प्रदर्शनीको पहिलो दिनमै भारतमा ७५ करोडको व्यापार गरेको छ । जवान संसारभर ७ हजार ५०० स्क्रिनमा रिलिज भएको छ । यो फिल्मले प्रदर्शनको दोश्रो दिन शुक्रबार भारतमा मात्र ५३ करोडको व्यापार गरेको छ । यसरी फिल्म जवानले भारतमा दुई दिन मै १२८ करोडको व्यापार गरेको छ । जबकी उनको फिल्म पठानले पहिलो दिन भारतमा ५५ करोडको व्यापार गरेको थियो । यसरी आफुले बनाएको पठानको पहिलो दिनको सर्वाधिक कलेक्सन रेकर्ड शाहरुखले नै जवान मार्फत तोडेका छन् । पठानले राखेको थुप्रै रेकर्ड उनको यो जवान फिल्मले तोड्ने भएको छ ।

जवानको बजेटको कुरा गर्दा यो फिल्म ३ सय करोड भारतीय रुपैयाँमा निर्माण भएको हो । तर यो फिल्मले रिलिजअघि नै २५० करोड कमाइसकेको स्वयम अभिनेता एवम् निर्माता शाहरुख खानले यस अघि नै बताईसकेका छन् । यो फिल्मको स्याटेलाइट राइट ८५ करोडमा र ओटीटी राइट १३० करोडमा यस अघि नै बिक्री भईसकेको छ । यस्तै यो फिल्मको म्युजिक राइट्स ३६ करोडमा बिक्री भईसकेको छ । यसरी यो फिल्मले रिलिज अघि नै २५० करोड कमाईसकेको हो ।

शाहरुख खानको फिल्मलाई एटलीले निर्देशन गरेका हुन् । जसमा शाहरुखसँगै नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, सान्या मल्होत्रा, प्रियामणीलगायतको मुख्य भूमिका रहेको छ ।

यसरी एक वर्ष भित्रै अभिनेता शाहरुख खानले बलिउडमा एकपछि अर्को गर्दै व्यबसायिक रेकर्ड बताईरहेको छन् । कोरोनापछि पूर्ण सुस्ताएको बलिउडलाई उनले फेरी तताएका छन् । दक्षिण भारतीइ फिल्मको दवदवालाई पनि उनले यतिबेला रोकेका छन् । शाहरुखको जवानमा दक्षिण भारतीय स्टार विजय सेतुपति, नयनताराको पनि मुख्य भूमिका रहेकाले यो फिल्म साउथमा पनि उस्तै चलेको छ । साउथको फिल्म सलारको रिलिज यतिबेला जवानकै कारण पछि सारिएको छ ।

भारतमा मात्र हैन, अन्तराष्ट्रिय रुपमै जवानको व्यापार उच्च छ । अष्ट्रेलिया, अमेरिका, युरोप, तथा दक्षिण पूर्वी राष्ट्रमा पनि जवालले बेजोड व्यापार गरिरहेको रिपोर्टहरु आएका छन् । यसरी फेरी एकपटक बलिउड सिनेमाको बजारलाई जवानले माथि उठाएको छ ।

फिल्मका अर्का निर्माता सञ्जय गुप्ताले यो फिल्मले पछिल्लो समय नयाँ इतिहास बनाईरहेको बताएका छन् । ग्याँगस्टार जनराको फिल्म विश्वव्यापी रुपमा फस्टाएको बेला आफुहरुले सोही जनरालाई रोजेर नयाँ उचाई बनाउन सफल भएको सँजयको कथन छ ।

पठानसँगै ठूलो पर्दाबाट आफ्नो चार वर्षको लामो ब्रेकको अन्त्य गरेर शाहरुख फर्किएका हुन् । बलिउडको बक्स अफिसमा हराएको चमक फिर्ता गर्न उनी सफल भएको अहिले समिक्षकहरुले बताएका छन् । जवानमा उनी आधा दर्जन फरक गेटअपमा प्रस्तुत भएकाले पनि दर्शकका लागि यो फिल्म निकै रोचक बनिरहेको छ । फिल्ममा उनको राजनीतिक अडानले पनि दर्शकमा उनी प्रतिको सम्मान बढेको छ । उनी यो फिल्ममा बहादुर र शाहसी पात्रको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो