भदौ २४, काठमाडौँ | ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेको छ।
न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ।
भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ। तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन्। धरौटी बुझाएपछि मात्र उनीहरु छुट्ने छन्।
अरु कोसँग कति धरौटी माग ?
केशव तुलाधर,साधारण तारेखमा रिहा,
शिवजी भट्ट–३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
कलाधर देउजा –१५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की –७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५०
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन – १ लाख १०
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
लोकरि घिमिरे –७ लाख ५० हजार