भदौ २४, काठमाडौँ | ललिता निवास प्रकरणमाथि परेको मुद्दामा सबै प्रतिवादीहरूलाई अदालतले तारेखमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालले दिएको थुनछेक आदेशमा मुद्दा नै खारेज गर्नुपर्ने प्रतिवादी तर्फका वकिलहरूको जिकिरसँग सहमति हुन नसकिएको उल्लेख छ । नेपाल सरकारले साविक मुलुकी ऐन २०२० कीर्ते कागजतको १ र २ नम्बरले परिभाषित कसूर प्रतिवादीहरुले गरेको भनि दाबी लिइएको पाइएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम प्रतिवादीहरूलाई थुनामा पठाउन नमिल्ने देखिएको आदेशमा उल्लेख छ ।
यस्तो छ आदेशको पूर्णपाठः