२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुच्चे नक्सामा समर्थन जनाउन चीनलाई महासचिव पोखरेलको आग्रह

२०८०, २५ भाद्र सोमबार ०७:५४

भदौ २५, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।

भेटमा पोखरेलले संसदबाट पछिल्लो समयमा जारी नेपालको चुच्चे नक्सामा चीनको साथ खोजेका छन् ।

‘१८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरेअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं ‘, पोखरेलले भने ।


एक चीनको पक्षमा दृढ रहेको भन्दै महासचिव पोखरेलले नेपालको भूमिबाट चीनविरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्ने प्रष्ट्याए । आफ्नो पार्टी असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पनि पोखरेलले बताए ।

उनले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन मिसन ग्रासरुट अभियान चलाइएको भन्दै यसले नयाँ सञ्चार र उत्साह प्रदान गरेको बताए । २०८४ सालको आमनिर्वाचनबाट बहुमतका साथ स्थायी सरकार बनाउने र जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्य पनि महासचिव पोखरेलले सुनाए ।

सीपीसी विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर रहेको भन्दै अझ नयाँ उचाइमा लैजान चाहेको बताए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणताका केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भएका सहमति, सम्झौता कार्यान्वयनमा जोड दिँदै आफूहरूबाट अधिकतम प्रयास हुने प्रतिबद्धता जनाए ।

‘नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ ।

चीन सधैँभरी शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ । भविष्यमा पनि तपाईँहरूले यसतर्फ चाल्ने पाइलामा सधैँ साथ र सहयोग रहनेछ’, लिउले भने ।

महासचिव पोखरेल नेतृत्वको एमाले टोली केही समयदेखि चीन भ्रमणमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना